अस्ट्रेलियाको शैक्षिक अवस्थाको विषयमा झापामा जानकारी

0
196

बिर्तामोड ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाको आयोजनामा एक दिवसीय सहभागी भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा अस्ट्रेलिया अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा उच्च शिक्षा ( एआइआइएचइ) को बारेमा जानकारीमूलक कार्यक्रम प्रस्तुत गरिएको हो । अन्तर्राष्ट्रिय बिद्यार्थीहरूलाई लक्षित गरी कलेजका सीइओ भ्लाड बेलोभुकोभिकले कलेजमा अध्ययन हुने विषयहरू कलेजले प्रदान गर्ने छात्रवृत्ति, सेवासुविधाका बारेमा श्रव्य दृश्यमार्फत जानकारी गराएका थिए ।

उच्च शिक्षाका लागि अस्ट्रेलिया जान इच्छुक विद्यार्थीहरूलाई कलेजको बारेमा विस्तृत जानकारी होस् भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको थियो ।

कलेजका बजार व्यवस्थापक तथा विद्यार्थी भर्ना सम्बन्धीका म्यानेजर रोहित खड्काले उक्त कलेजमा थुप्रै नेपाली विद्यार्थीहरु अध्ययन गरिरहेका र जान इच्छुकका लागि ब्याचलर अफ बिजनेस र व्याचलर अफ इन्फर्मेसन सिस्टममा अध्ययनरत हुने तथा कलेजको सफल व्यवस्थापनका कारण भिसादर उच्च रहेको जनाएका थिए ।

इक्यान झापामार्फत प्रक्रियामा सहजता प्रदान गर्न कलेजका कन्ट्री म्यानेजर युवराज दर्लामीले पढाइ, खेल, मनोरञ्जन तथा कोर्ष पूरा भएपछि कामको लागि कलेजले सहजीकरण गरिरहेको बताए ।

जिल्लाभरका ५० इक्यान प्रतिनिधिको उपस्थितिमा छलफल कार्यक्रम समेत सम्पन्न भएको इक्यान झापाका कार्यसमिति सदस्य तथा तालिम विभाग प्रमुख नवीन बोहोराले जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here