‘राजश्व संकलन कमजोर हुँदा खर्च धान्न ऋण लिनु पर्ने’

0
59

झापामा ‘संकटपछिको अर्थतन्त्र : अवसर र चुनौति’ अन्तरसंवाद

झापा, प्रतिनिधि सभा नेपालका सभामुख देवराज घिमिरेले मुलुकमा राजश्व संकलन कमजोर हुँदा सामान्य खर्च धान्न पनि सरकारले ऋण लिनु पर्ने अवस्था आएको बताएका छन् । उनले मुलुकमा अराजक गतिविधि बढ्दै जाँदा निजी क्षेत्र लगानी गर्न हिचकिचाइरहेको बताए ।

वीरता जेसीजको आयोजनामा बिर्तामोडमा भएको ‘संकटपछिको देशको अर्थतन्त्र : अवसर र चुनौति’ विषयक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले निजी क्षेत्रलाई लगानी गर्ने बातावरणका लागि सुरक्षाको ग्यारेन्टी गर्न सरकार जिम्मेवार हुनुपर्ने धारणा राखे ।

फरक प्रशंगमा बोल्दै सभामुख घिमिरेले आगामी निर्वाचनलाई लिएर राजनीतिक दलबीच अविश्वास बढेको बताएका छन् । निर्धारित समायमा सरकारले निर्वाचन गराउने विषयमा छलफल हुनु पर्ने समयमा दलहरुबीच अविश्वास बढ्दा देश झन् अनिर्णयको बन्दी हुने त होइन भन्दै शंका व्यक्त गरे ।

वीरता जेसीजका अध्यक्ष युवराज कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा लिड नेपालका प्रधानसम्पादक राजेन्द्र बानिया, समाजसेवी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकारसमेत सहभागी थिए । कार्यक्रममा देशको वर्तमान आर्थिक स्थिति र आगामी सम्भावनाबारे विस्तृत छलफल भएको थियो ।

कार्यक्रममा बोल्दै नबिल बैंकका कार्यकारी प्रमुख मनोज ज्ञवालीले राजनीतिक अस्थिरताले अर्थतन्त्रले गति लिन नसकेको टिप्पणी गरेका छन् । उनले देश विकासका लागि राजनीतिक स्थिरता अपरिहार्य भएको भन्दै आफ्नो–आफ्नो भूमिकामा न्याय गर्न सके धेरै समस्या समाधान हुने बताए । उनले मुलुकमा पछिल्लो समय नकारात्मक सोच हावी भएका कारण नागरिकमा निराशा बढेको धारणा राखे ।

औपचारिक कार्यक्रमपछि ‘संकटपछिको देशको अर्थतन्त्र ः अवसर र चुनौति’ विषयक प्यानल डिस्कसन भएको थियो । जसमा पत्रकार राजेन्द्र वानियाले सहजीकरण गरेको कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकाल, नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमवहादुर मिश्रले सहभागीता जनाएका थिए । उनीहरुले समग्र मुलुुकको आर्थिक विषयमा प्रकाश पारेका थिए ।

वीरता जेसीजका संघ संस्था समन्वय संयोजक तथा कार्यक्रम संयोजक भुपेन्द्र भण्डारीले स्वागत गरेको कार्यक्रममा आस्था वाचन बीरता जेसीजका कोषाध्यक्ष लोकचन्द्र श्रेष्ठ‘एलसी’ले गरेका थिए ।

खेलकुद संयोजक विवेक खड्काले मिसन भिजन प्रस्तुत गरेको कार्यक्रममा राष्ट्रिय सहभारी बैंकका अध्यक्ष महेन्द्र कुमार गिरी, उद्योगी व्यवसायीहरुका तर्फबाट उदय चापागाई, जेसीजका तर्फबाट वीरता जेसीजका पूर्व अध्यक्ष तथा अध्यक्षका प्रमुख सल्लाहकार एकराज गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाई, अर्जुनधारा नगरपालिका अध्यक्ष बलदेव सिंह गोम्देन, सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाई, हल्दिवारी गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देन, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बू, सशस्त्र प्रहरी उपरीक्षक तुलवहादुर भण्डारी, अरिदमन गण चारआलीका सेनानी सुमन विष्ट, राष्ट्रिय अनुसन्धान झापाका उपनिर्देशक उमेश पाण्डे, एक्सल डेभलपमेण्ट बैंकका कार्यकारी प्रमुख डा, इन्द्रराज कट्टेल, मातृ शाखा भद्रपुर जेसीजका अध्यक्ष शैलेस श्रेष्ठ, मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङ , नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने लगायत सहभागी थिए । कार्यक्रमको संचालन वीरता जेसीजका महासचिव विज्ञानराज पौडेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here