सीता पाण्डेलाई अमेरिकामा राम–गीता विशिष्ठ नागरिक सम्मान

0
33

बिर्तामोड, राम–गीता वाङ्मय मन्दिर नेपाल–अमेरिकाले अमेरिकास्थित मेरिल्याण्ड निवासी सीता पाण्डेलाई नगद ५० हजार रुपैयाँसहित राम–गीता विशिष्ठ नागरिक सम्मान प्रदान गरेको छ ।

अन्तर्राष्ट्रिय झापाली समाजकी उपाध्यक्ष रहेकी पाण्डेलाई हालै अमेरिकामा आयोजित कार्यक्रमकाबीच सम्मान–पत्र र नगद प्रदान गरिएको हो । पाण्डे हाल नेपालमै रहेकोले उक्त सम्मान अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रष्ट्रीका अध्यक्ष तीर्थ पाण्डेले ग्रहण गरेका थिए । मन्दिरका कोष संस्थापक तथा अध्यक्ष गीता खत्री र संरक्षक राम खत्रीले उक्त सम्मान पत्र प्रदान गरेका थिए ।

नेपाली साहित्य, विशेषगरी आख्यान र कविताको क्षेत्रमा सक्रिय रही सामाजिक रुपान्तरणका लागि महत्वपूर्ण योगदान पु¥याएको भन्दै पाण्डेलाई नगदसहित राम–गीता विशिष्ठ नागरिक सम्मान प्रदान गरिएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here