योगेन्द्र योगी
सुन्दरहरैंचा(मोरङ) : स्तन क्यान्सर पीडित मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ६ का घर भएकी कमला दर्जीलाई आश्रय सुधार केन्द्र(आश्रय प्रतिष्ठान) ले सहयोग गरेको छ।
पिडित दर्जीको अर्थिक अवस्था अत्यन्तै कम्जोर भई खान लाउनै समस्या भएको खबर बाहिरिएपछि आश्रय प्रतिष्ठानले चामल,दाल,तेल नुन लगायतका खाद्य सामग्री वितरण गर्नुका साथै केहि नगद पनि सहयोग गरिएको प्रतिष्ठानका कार्यक्रम संयोजक सेवक खत्रीले जानकारी दिए।
कमला दर्जीको आर्थिक अवस्था निकै नै नाजुक भएको कारण खान लाउन समेत समस्या भएकोले केही आर्थिक र राहात खाद्यन सामाग्री लिएर आश्रय सुधार केन्द्र पीडितको घरमा पुगेर थोरै भएपनि घाउमा मलम लगाएको हो। अहिले तत्कालको लागि यति सहयोग लिएका छौ अझै थप सहयोग गर्दै जाने संयोजक खत्रीले बताए।
उनका अनुसार हतार -हतारमा केहि सहयोग ल्याएर हस्तारन्तरण गरिएको बताउदै आगामी दिनमा सहयोग गर्दै जाने बताए। केन्द्रले सुन्दरहरैंचा नगरपालिका भित्र विभिन्न रोग लगेर थालिएको तथा खान लाउन समस्या भएका दुखि पिडितहरुलाई स्थापना काल देखि नै सहयोग गर्दै आएको जनाएको छ। आश्रय प्रतिष्ठान जस्तो एउटा पवित्र संस्थाले आफ्नो घाउमा मलम लगाउदै एक खाद्यन तथा नगद सहयोग गरेकोमा पिडित कमला दर्जीले खुशी व्यक्त गर्दै धन्यवाद दिईन्।
केहि महिना अघि मात्र कमला दर्जीको नोबेल अस्पताल बिराटनगरमा स्तन क्यान्सरको अप्रेसन भएको भएपनि एक पटक थप उपचारका लागि भारत जानु पर्ने भएकाले सहयोगका लागि उनका परिवारले हारगुहार गरेका छन्। घरमा ३ छोरी र १ छोरा गरी ४ जनाको परिवार रहेको छ । विपन्न कमलाको परिवारमा यति ठूलो विपत्ति आएपछि उनीहरू चिन्तित बनेका छन् । कमलाको श्रीमान पुरुसोत्तम दर्जी सामान्य मजदुरी गरेर घर परिवार चलाउदै आएका छन्।





























