एनएमसीको अन्तिम माइन्युट प्रमाणिकरण सभा

0
70

बिर्तामोड ।

मेचीनगर नगरपालिका -६, काकडभिट्टा केन्द्रीय कार्यालय रहेको सहकारी अभियानमा अग्रणी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) को ३३अौं वार्षिक तथा अन्तिम माइन्युुट प्रमाणिकरण सभा बिर्तामोडमा सम्पन्न भएको छ।

संस्थाको हालै सात एकाइगत क्षेत्रका ५७ उपएकाइगत क्षेत्रमा सम्पन्न साधरणसभाबाट छनौट भई आएका प्रतिनिधि तथा सञ्चालक समिति पदाधिकारी सहभागी सभाद्वारा माइन्युट अनुमोदन गर्दै साधरणसभा तथा अन्तिम माइन्युट प्रमाणिकरण सभा सम्पन्न भएको हो।

संस्थाका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष भगवती घिमिरेले गरेकी थिइन्। संस्थाको गत मंसिर ११ देखि१७ गतेसम्म भएको उपएकाइगत (सेवाकेन्द्रगत) रुपमा सम्पन्न साधरणसभाबाट प्राप्त सुझाव तथा जिज्ञासाको बुँदा टिपोट वाचन संस्थाका सचिव विकासप्रसाद उप्रेतीले र जवाफ अध्यक्ष शिवाकोटीले दिएका थिए।

संस्थाका कानून तथा अनुपालन विभाग प्रमुख तेजकुमारी घिमिरेले माइन्युट वाचन गरेको कार्यक्रममा निवर्तमान अध्यक्ष रामचन्द्र उप्रेती, लेखा सुपरिवेक्षण समिति संयोजक रचना दाहाललगायतले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा संस्थाका पाँचवटै व्यवसायमा कार्यरत ६ जना उत्कृष्ट कर्मचारीलाई नगदसहित पुरस्कृत गर्नुको साथै दस वर्ष सेवा अवधि पूरा गरेका २३ जना कर्मचारीलाई चाँदीको सिक्कासहित दीर्घ सेवा पुरस्कारद्वारा सम्मान गरिएको थियो।

कोशी प्रदेशका झापा, इलाम र मोरङ जिल्ला कार्यक्षेत्र रहेको एनएमसीका ऋण तथा वचत, डेरी, एकिकृत नमूना कृषि फार्म, सहकारी पसल र चिया उद्योग व्यवसाय सञ्चालनमा रहेका छन्। हाल १ लाख ७० हजार बढी सदस्य रहेका संस्थाको कुल सम्पति १५ अरब बढी रहेको छ।

सञ्चालक समिति उपाध्यक्ष विष्णु गौतम,सहसचिव अम्बिकाप्रसाद ढकाललगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here