प्रहरी जवान भर्‍याङबाट लडेर घाइते

0
58

झापा, जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत २४ वर्षीय प्रहरी जवान हेमकुमार सुवेदी लडेर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय झापाको व्यारेक भवनको भर्‍याङबाट तल ओर्लने क्रममा चप्पल चिप्लिएर लडेका कारण उनी घाइते भएको प्रहरीले जनाएको छ।

एआई मार्फत तयार गरिएको यो तस्बीर प्रतिकात्मक मात्र हो ।


भ¥याङबाट लडेर दाहिने हातको नाडीको हड्डी भाँचिएका सुवेदीलाई मेची प्रदेशिक अस्पताल भद्रपुरमा राखेर उपचार शुरु गरिएको छ ।
दमक–१० घर भई कोशी प्रदेश प्रहरी गण रानी, विराटनगरबाट दरबन्दी भई हाल उनी जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here