बिर्तामोडमा लागू औषध जोखिम न्यूनीकरण सम्बन्धी जनचेतना कार्यक्रम

0
31

झापा, महिला मुक्ति अभियान झापाको आयोजनामा लागू औषध जोखिम न्यूनीकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर सरस्वती माध्यमिक विद्यालय, बुट्टावारीमा उक्त कार्यक्रम आयोजना गरिएको हो।
विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकको सहभागितामा सम्पन्न कार्यक्रमलाई प्रहरी, अधिकारकर्मी तथा सरोकारवालाहरूले सहजीकरण गरेका थिए । कार्यक्रम महिला मुक्ति अभियान झापाकी अध्यक्ष राधा सुब्बाको अध्यक्षतामा भएको थियो ।
महिला मुक्ति अभियान झापाका सल्लाहकार तथा समाजसेवी लोकबन्धु कन्दङ्वाको प्रमुख आतिथ्यमा आयोजित कायक्रममा इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठ, प्रहरी निरीक्षक प्रदीप आले, नारी सञ्चारगृहकी अध्यक्ष स्वस्तिका आचार्य, बिर्तामोड–६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपक लुइँटेल, व्यवस्थापन समिति अध्यक्ष कैलाश कन्दङ्वा, शिक्षक अभिभावक संघ अध्यक्ष मणि कुमार भट्टराई तथा वीरता लेडी जेसीजकी अध्यक्ष निशा शाक्यलगायतको उपस्थिति रहेको थियो।
भगवती मेचे खरेलले स्वागत मन्तव्य राखेकी थिइन्। कार्यक्रमको सञ्चालन सचिव देवका भट्टराईले गरेकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here