सूर्योदय नगरपालिकाद्वारा प्रहरी नायव निरीक्षक कार्की सम्मानित

0
21

बिर्तामोड ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापनको अवसरमा इलामको सूर्योदय नगरपालिकाले इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी नायव निरीक्षक जीवन कुमार कार्कीलाई सम्मान गरेको छ ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा सक्रियताका साथ काम गरेको तथा जनचेतनामुलक कार्यक्रमहरुलाई सञ्चालन गर्दै नागरिकलाई सचेतना बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रहरी नाय निरीक्षक कार्कीलाई नगरपालिकाले प्रशंसा पत्रसहित सम्मान गरेको हो ।

समुदायमा लैंगिक समता,न्याय र संवेदनशीलताप्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको हो । जिल्ला समन्वय समिति इलामका उपप्रमुख चित्रकला बराइली र सूर्योदय नगरपालिकाका कार्यबहाक नगरप्रमुख दुर्गा कुमार बरालद्वारा हस्ताक्षरिता प्रशंसा पत्र प्रहरी नायव निरीक्षक कार्कीलाई प्रदान गरिएको हो ।

१६ दिनसम्म विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै लैंगिक हिंसा विरुद्धको अभियान सञ्चालन भएका थिए । सोही क्रममा प्रहररी नायव निरीक्षक कार्की नेतृत्वको टोलीले एक ८२ वर्षिया वृद्धा महिलाको उद्धार समेत गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here