एनएमसी सदस्यलाई आर्थिक राहत

0
15

बिर्तामोड ।

झापाको मेचीनगर-६, काँकरभिट्टा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी) ले आफ्नो शेयर सदस्य परिवारलाई नगद ५० हजार राहत सहयोग गरेको छ।

एनएमसी सहकारी बिर्तामोड-१० सैनिक बजार सेवाकेन्द्र अन्तर्गत शेयर सदस्य पूर्णबहादुर सुबेदीको निधन भएपछि उनको बिर्तामोड -१० पत्थरभिट्टास्थित निवासमा पुगेर सहकारीले मृत्यु राहत बापत नगद ५० हजार रुपैयाँ प्रदान गरेको हो। स्व.बुढाथोकीका छोराछोरीलगायत परिवार समेत सैनिक सेवाकेन्द्रमा कारोबार गर्दै आएका छन्।

एनएमसी सैनिकबजार सेवा केन्द्रगत उपसमिति संयोजक टिकाराम दंगाल, सदस्य रत्नबहादुर बस्नेत,कार्यालय प्रमुख सन्तोष ढुंगाना, कर्मचारी चन्द्रबहादुर राईलगातको टोलीले समवेदनापत्रसहित उक्त राहत रकम हस्तान्तरण गरेको सदस्य सहजकर्ता निशा लिम्बूले जनकारी दिइन्।

संस्थामा पाँच हजार रुपैयाँभन्दा बढी शेयर रकम मौज्दात भएका सक्रिय सदस्यको निधनमा संस्थाको नियम अनुसार उक्त रकम प्रदान गरिएको बताइएको छ। सामुदायिक कार्यक्रम अन्तर्गत संस्थाले गत आर्थिक वर्ष मात्र आफ्ना पाँच सय आठ जना सदस्यको निधनमा मृत्युु राहत बापत दुई करोड १६ लाख ६५ हजार रकम हस्तान्तरण गरिएको जनाइएको छ।

कोशी प्रदेश कार्यक्षेत्र रहेको एनएमसीका एक लाख ७० हजारभन्दा बढी शेयर सदस्य रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here