बाह्रदशीका शिबु मुर्मु भारतमा ‘इन्टरनेशनल जुवान अवार्ड’बाट सम्मानित हुने

0
2

झापा, झापा बाह्रदशी–२ राजगढका साहित्यकार शिबु मुर्मु भारतको प्रतिष्ठित संस्था जुवान ओनोलीयाले प्रदान गर्ने इन्टरनेशनल जुवान अवार्डबाट सम्मानित हुने भएका छन्। संस्थाले बिहीबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा नेपालबाट मुर्मुसहित सात प्रतिभालाई यस वर्ष सम्मानित गर्न लागिएको जानकारी गराइएको छ।

संस्थाका अनुसार सम्मानका लागि छनोट भएका सबै प्रतिभाले आदिवासी भाषा, साहित्य, संस्कृति तथा शोधकारी लेखनमा विशेष योगदान दिँदै आएका छन्। मुर्मुलाई विशेषगरी सन्थाली भाषा–साहित्यको संवर्द्धन, ओल चिकी लिपि संरक्षण तथा अनुवाद–लेखनमा व्यक्तिगत पहलकदमीका कारण अन्तर्राष्ट्रिय श्रेणीमा मनोनयन गरिएको हो।

सन् २०१७ देखि मातृभाषामा सृजनात्मक लेखन

मुर्मु सन् २०१७ देखि सन्थाली मातृभाषामा कविता, निबन्ध तथा विविध सांस्कृतिक विधामा निरन्तर सृजनामा सक्रिय छन्। उनले ओल चिकी र नेपाली दुवै भाषामा कयौँ पुस्तक प्रकाशित गरेका छन् भने पत्र–पत्रिकामा नियमित रूपमा लेखरचना छापिँदै आएको छ।

सन् २०७८ मा उनले ओल चिकी लिपिलाई नेपालीमा रूपान्तरण गर्ने पहिलो अनुवादकको मान्यता पाएका थिए। पछिल्लो समय उनीद्वारा स्थापित नेपालकै पहिलो सन्थाली भाषा–लिपिमा प्रकाशित साहित्यिक तथा सांस्कृतिक त्रैमासिक ‘पँड बुरु’ २०७९ सालदेखि औपचारिक रूपमा प्रकाशन हुँदै आएको छ।
उनी सन्थाली विकिपिडियाका सक्रिय सम्पादक पनि हुन्। हाल मुर्मु हल्दीबारी गाउँपालिकामा कर्मचारीका रूपमा कार्यरत छन्।

ओडिशामा दुईदिने ठूलो सम्मेलन

जुवान ओनोलीयाको वार्षिक सम्मेलन आगामी डिसेम्बर २७ र २८, २०२५ मा ओडिशाको बारिपदामा आयोजना हुनेछ। स्थानीय समुदायको अग्रसरतामा हुने सो सम्मेलनमा झारखण्ड, पश्चिम बंगाल, ओडिशा लगायत पूर्वी भारतका सयौँ युवा साहित्यकार, शोधकर्ता र संस्कृति–प्रेमीहरू सहभागी हुनेछन्।

संयोजक शिवलाल मुर्मूका अनुसार सम्मेलनको उद्देश्य ‘युवाहरूका लागि साझा बौद्धिक तथा सृजनात्मक मञ्च निर्माण’ गर्नु हो। कार्यक्रममा आदिवासी भाषाहरू, संस्कृति, साहित्य र समकालीन लेखनबारे विभिन्न परिचर्चा, कार्यशाला, कविता–वाचन तथा साहित्यिक प्रस्तुति हुनेछ।

यस वर्ष सम्मानित हुने प्रतिभाहरू

जुवान ओनोलीयाले सार्वजनिक गरेको सूचीअनुसार सम्मान प्राप्तकर्ताहरू यसप्रकार छन्—

  • जुवान ओनोलीया अवार्ड : मालती हेम्ब

  • लाइफटाइम एचिभमेन्ट जुवान अवार्ड : चुंडा सोरेन, सिमडेगा

  • वुमेन अथोर जुवान अवार्ड : सुचित्रा हांसदा

  • ट्रान्सजेन्डर जुवान अवार्ड : शिवानी किस्कु, फुलोलिया

  • इन्टरनेशनल जुवान अवार्ड : शिबु मुर्मु, नेपाल

  • यंग मेम्बर जुवान ओनोलीया अवार्ड : आरसल दुदु, जमशेदपुर

  • हाइ वर्किङ मेम्बर जुवान ओनोलीया अवार्ड : हाजाम बारिक, बारिपदा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here