रेडस्टार माविका विद्यार्थीहरूको  ‘प्रतियोगितात्मक नाटक महोत्सव’ 

0
47
पथरी शनिश्चरे, मोरङको पथरी शनिश्चरे०२ मा रहेको रेडस्टार अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयमा “रेडस्टार नाट्य महोत्सव–२०८२” सम्पन्न भएको छ।
 रेडस्टार नाट्य समूहले अतिरिक्त क्रियाकलाप अन्तर्गत प्रतियोगितात्मक नाट्य महोत्सवको आयोजना गरेको हो।
 कक्षा ४ देखि कक्षा ८ सम्मका सय भन्दा बढी विद्यार्थीहरूले विविध विषयवस्तुमा आधारित नाटकहरुको प्रस्तुति दिएका हुन्।
यस वर्षको नाट्य महोत्सवमा १५ वटा व्यक्तिगत विधा तथा २ वटा समुहगत विधा गरी कुल १७ विधामा उत्कृष्ट प्रतिभाहरूलाई पुरस्कार प्रदान गरिने विद्यालयका  निर्देशक तथा प्रिन्सिपल टि. एन. तिम्ल्सिनाले जानकारी दिनुभएको छ।
 उहाँले विद्यार्थीहरूको अत्यधिक सहभागिता र आकर्षक प्रस्तुतीकरणले आगामी दिनमा अझ ठूलो स्तरको महोत्सव आयोजना गर्ने प्रेरणा मिलेको  जनाउनु भयो। सम्पूर्ण प्रस्तुति सफल र प्रेरणादायी बनेको यस महोत्सवले रेडस्टारलाई पुनः सिर्जनात्मक विद्यालयको रूपमा उजागर गरेको उहाँले उल्लेख गर्नुभयो।
विद्यार्थीहरूमा सिर्जनशीलता, आत्मविश्वास र अभिनय कौशल विकास गर्ने उद्देश्यले आयोजित महोत्सव अत्यन्तै उत्साहजनक र रंगीन बनेको   चलचित्रकर्मी तथा विद्यालयका अभिनय प्रशिक्षक जीवन बरालले जानकारी दिनुभयो। सो महोत्सवमार्फत विद्यालयका विद्यार्थीहरूलाई मञ्चीय कलासँग नजिक गराउँदै समूहगत सहकार्य र व्यक्तित्व विकासमा ठूलो योगदान दिएको विद्यालयका अभिनय निर्देशक बरालले सुनाउनु भयो।
विभिन्न राजनीतिक तथा सामाजिक विषयवस्तुहरूमा विभिन्न तह र कक्षाका छात्रछात्राहरूले नाटकहरू प्रस्तुत गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here