प्याब्सन अर्जुनधाराको वृहत सांस्कृतिक कार्यक्रम–२०८२ सम्पन्न

0
57

अर्जुनधारा ।

निजी तथा आवासिय विद्यालय संगठन(प्याब्सन) नेपाल झापाको आयोजना र प्याब्सन अर्जुनधाराको सञ्चालनमा जारी दुई दिने पालिकास्तरिय अन्तर विद्यालय वृहत सांस्कृतिक कार्यक्रम–२०८२ सम्पन्न भएको छ ।

अर्जुनधारा नगरपालिका–८स्थित शनिश्चरे बजारको प्राङ्गणमा आयोजित कार्यक्रम अन्र्तगत सामूहिक सांस्कृतिक नृत्य प्रतियोगितातर्फ ब्रीलियन्ट पिपुल्स इङलिस सेकेण्डरी स्कूल प्रथम, रुपरत्न मेमोरियल बोर्डिङ स्कूल द्वितीय र कालिका शिशु सदन सेकेण्डरी स्कूल र सृजना शिशु सदन तृतीय भएका छन् ।

त्यसैगरी सामूहिक आधुनिक नृत्य प्रतियोगितातर्फ देवी पाथीभरा इङलिस बोर्डिङ स्कूल प्रथम, रुपरत्न मेमोरियल बोर्डिङ स्कूल द्वितीय र इलाइट किण्डर वल्र्ड तृतीय भएका छन् । त्यस्तै एकल शास्त्रीय नृत्य प्रतियोगितातर्फ प्रगति इङलिस सेकेण्डरी स्कूल प्रथम, एम्स एजुकेशनल एकाडेमी द्वितीय र रुपरत्न मेमोरियल बोर्डिङ स्कूल तृतीय भएका छन् ।

त्यसैगरी एकल गायन सिनियर प्रतियोगितातर्फ (१२ वर्ष भन्दा माथि) सूर्यज्योती इङलिस बोर्डिङ स्कूल प्रथम, न्यू होप इङलिस सेकेण्डरी स्कूल द्वितीय र कालिका शिशु सदन तृतीय तथा एकल गायन जुनियर प्रतियोगितातर्फ (१२ वर्षसम्म) सूर्यज्योती इङलिस बोर्डिङ स्कूल प्रथम, कञ्चनजंगा इङलिस स्कूल द्वितीय र नवनित एकाडेमी तृतीय भएका छन् ।

यता एकल गायन(कक्षा–११ र १२) प्रतियोगितातर्फ न्यू होप इङलिस सेकेण्डरी स्कूल प्रथम, ब्राइटर इङलिस स्कूल द्वितीय र रुपरत्न मेमोरियल बोर्डिङ स्कूल तृतीय भएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयका प्रतियोगीहरुलाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।

प्याब्सन अर्जुनधाराका अध्यक्ष बालगोपाल गौतमको अध्यक्षतामा आयोजित कार्यक्रममा प्याब्सनका निवर्तमान केन्द्रीय सदस्य मोहन सुब्बा, प्याब्सन झापाका सल्लाहकार प्रभुकुमार श्रेष्ठ, अध्यक्ष छत्रबहादुर कार्की, वरिष्ठ उपाध्यक्ष एवम् कार्यक्रम संयोजक हरिकृष्ण पाठक, सदस्यद्वय दीपेन्द्र सुब्बा र सुमन शर्मा जम्मरकट्टेल, प्याब्सन अर्जुनधाराका निवर्तमान अध्यक्ष रुद्र सिटौला, सामाजिक व्यक्तित्व लोकनाथ पौडेललगायतले पुरस्कारहरु वितरण गरेका थिए ।

त्यसैगरी एकल शास्त्रीय नृत्य, सामूहिक सांस्कृतिक नृत्य, एकल गायन सिनियर, एकल गायन जुनियर, एकल गायन(कक्षा–११ र १२)तर्फका प्रथम हुने विद्यालय यही पुस २४ गते प्याब्सन दिवसको दिन आयोजना हुने जिल्लास्तरिय प्रतियोगिताको लागि छनौट भएको बताइएको छ ।

प्याब्सन अर्जुनधाराका सल्लाहकार एवम् कार्यक्रम संयोजक राजेशकुमार आचार्यले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव ताराप्रसाद नेपालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here