दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिता शुरु

0
28

बिर्तामोड, 

बिर्तामोड नगरपालिका-१ मा आजदेखि दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिता शुरु भएको छ।

वडा खेलकुद विकास समितिको आयोजनामा ग्रिनफिल्ड स्कुलको खेल मैदानमा सुरु भएको प्रतियोगितामा वडाभित्रका टोलबाट १५ वर्ष मुनिका खेलाडीहरूको सहभागिता रहेको छ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष अग्निप्रसाद पाण्डे र विशिष्ट अतिथि ज्येष्ठ नागरिक पदमप्रसाद प्रसाईंले रेफ्री प्रविन राईलाई फुटबल प्रदान गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभयो। कार्यक्रममा बोल्दै वडाध्यक्ष पाण्डेले जनजी आन्दोलनका कारण प्रतियोगिता ढिलो सुरु हुन गएको उल्लेख गर्नुभयो। साथै उहाँले वडा खेलकुद मार्फत व्याडमिन्टन, क्रिकेट लगायतका विभिन्न प्रतियोगिता पनि हुने बताउनु भयो ।

यस प्रतियोगितामा ११ वटा टिम सहभागी छन्। प्रतियोगिताको विजेताले १५ हजार र उपविजेताले १० हजार रुपैयाँसहित मेडल तथा ट्रफी प्राप्त गर्ने वडा खेलकुद विकास समितिका सचिव मदनकुमार शिवाकोटीले जानकारी दिनुभयो।

यसैगरी उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र अनुशासित टिमलाई जनही १–१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ भने प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई ५ सय र उदियमान खेलाडीलाई १ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा पञ्चकन्या प्रगति टोलले नमुना टोललाई २–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको छ। पञ्चकन्या प्रगति टोलको जितमा अभियान ढुंगेल र आरोग्य बस्नेतले समान १–१ गोल गरे। खेलको म्यान अफ द म्याच अभियान ढुंगेल घोषित भए। उनलाई प्रहरी निरीक्षक ढुण्डीराज गिरीले नगद ५ सय रुपैयाँ पुरस्कार प्रदान गरे।

अध्यक्ष कप फुटबल प्रतियोगिता भोलिसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here