झापामा एसक्युसीको १० औं हब सम्मेलन सम्पन्न

0
23

कमल ।

झापामा विद्यार्थी सर्कल ग्रुप (एसक्युसी) सम्पन्न भएको छ ।

विद्यार्थीहरूको नेतृत्व क्षमता, समस्या समाधान सीप तथा गुणस्तरीय शिक्षाको विकास गर्ने उद्देश्यले विद्यार्थी सर्कल ग्रुप (Student Quality Circle–SQC) को १० औं हब सम्मेलन शुक्रवार सम्पन्न भएको छ ।

क्वेष्ट (QUEST) नेपालको आयोजनामा भएको विद्यार्थी सर्कल ग्रुप (एसक्युसी) कमल गाउँपालिका ३ स्थित वण्डरलेण्ड ईङ्गलिस वोडिङ्ग स्कुलको प्राङगणमा सम्पन्न भएको हो । सम्मेलनमा झापाका १० र मोरङका १ गरी ११ वटा विध्यालयका दुईसय १० जना विद्यार्थीका साथै शिक्षक, प्रशिक्षक तथा शिक्षा क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

सर्कलमा सहभागी विध्यार्थिहरुलाई २९ वटा समुह विभाजन गरेर बिभिन्न कार्यक्रमहरु सन्चालन गरिएको थियो । जसमा प्यानल डिस्कसन, ट्रेजर हण्ट, आर्ट एण्ड कोलाज, स्टोरी फर्मेसन,मेन्टल हेल्थ सेमिनार, साईन्स वर्कसोप,क्युज प्रतियोगिता आयोजना गरिएको १० औं हब सम्मेलनका सह संयोजक प्राञ्जल काईरालाले बताउनु भयो ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफ्ना विद्यालय र समाजमा देखिएका विभिन्न समस्या पहिचान गरी त्यसका समाधानका उपाय प्रस्तुत गरेका थिए । जस बाट विद्यार्थीहरूको प्रस्तुतीकरणले उनीहरूमा रहेको सिर्जनशीलता, जवाफ देहिता र नेतृत्व विकासमा सहयोग पुग्ने आयोजकले जनाएको छ ।

सम्मेलन अन्तर्गत विभिन्न एसक्युसी समूहहरूबीच अनुभव आदान–प्रदान, प्रस्तुतीकरण तथा छलफल गरिएको थियो । उत्कृष्ट प्रस्तुति दिने समूहहरूलाई पुरस्कृत समेत गरिएको १० औं हब सम्मेलनका सह संयोजक काईरालाले जानकारी दिनुभयो ।

क्वेष्ट नेपालका संयोजक ओम विक्रम नेम्वाङको अध्यक्षता तथा क्वेष्ट नेपालका वरिष्ठ उपाध्यक्ष तथा नेपाल स्काउटका प्रमुख आयुक्त देवराज घिमिरेको प्रमुख आतिथ्यता र कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीको विशिष्ट आथित्यतामा भएको कार्यक्रममा कमल ६ का वडा अध्यक्ष नरेन्द्र भट्टराई, क्वेष्ट नेपालका वरिष्ट उपाध्यक्ष जय बहादुर श्रेष्ठ, कमला मदन आश्रीत स्मृती माध्यमिक विध्यालयका प्रधानाध्यापक हिम प्रसाद दाहाल लगायतले एसक्युसी कार्यक्रमले विद्यार्थीलाई व्यवहारिक ज्ञान, अनुशासन र जिम्मेवारीबोधमा विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यस्ता कार्यक्रमले किताबी ज्ञानसँगै विद्यार्थीलाई जीवनोपयोगी सीप सिक्न सहयोग पुग्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here