प्रतिबन्धित लागू औषधसहित तीन जना पक्राउ

0
19

मोरङ ।

मोरङको बुढिगंगा–२ शिबम पेट्रोल पम्प स्थितबाट प्रतिबन्धित लागू औषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सिआरबी पोष्ट बाँसबारीको प्रहरी टोलीले चेकजाँचको क्रममा धरान–१५ का सुजन तामाङ, सुन्दरहरैँचा–४ का सागर कट्टेल र केराबारी–३ का सोनाम लिम्बूलाई प्रतिबन्धित लागू औषध ट्रामाडोल–४०० ट्याब्लेट र डाईक्लोमाइन चार सय ५० ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनीहरुको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here