झापा , झापाको अर्जुनधारा नगरपालिकामा श्रम संस्कृति पार्टीको नगरस्तरीय नगर कमिटी गठन गरिएको छ ।
सामाजिक अभियन्ता तथा युवा व्यवसायी सुजन सिवाकोटीको अध्यक्षतामा ३९ सदस्यीय नगर कमिटी गठन भएको हो। 
नवगठित कमिटीको उपाध्यक्षमा रीमा थापा, दिपेन लिम्बू, जितेन राई र डिल्लीराम गजुरेल चयन भएका छन्। यस्तै, सचिवमा सिद्धिमान राई, सह–सचिवमा अनिल चेम्जोङ र लाक्पा तामाङ चयन भएका छन् भने कोषाध्यक्षमा आरती लिम्बू र सह–कोषाध्यक्षमा सम्जोगी चेम्जोङ चयन भएका छन्।
केन्द्रीय सचिव ब्रविम शेर्मा लिम्बूको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नयाँ नेतृत्व चयन गरिएको अध्यक्ष सिवाकोटीले जानकारी दिए।
कार्यक्रममा जिल्ला कमिटी अध्यक्ष केशव भण्डारीसहित पार्टीका विभिन्न तहका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
श्रम संस्कृति पार्टीले बुद्धशान्ति, बाह्रदशी, कनकाई, मेचीनगर र दमक नगरपालिकामा समेत पालिकास्तरीय कमिटी गठन गरिसकेको जनाएको छ। पार्टीले संगठन विस्तारसँगै श्रम, उत्पादन र सामाजिक न्यायका मुद्दालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।।




























