महमाईमा( एआई) प्रविधिबाट छातिको निःशुल्क एक्स–रे स्वास्थ्य शिविर सम्पन्न

0
24

इलाम ।

माई नगरपालिका वडा नं. ७ महमाईमा कृत्रिम( एआई) प्रविधिको प्रयोगबाट छातिको निशुल्क एक्स–रे सेवा स्वास्थ्य शिविर बुधवार सम्पन्न भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय इलाम, माई नगरपालिका र बाग्मति सेवा समाजको संयुक्त आयोजनामा सम्पन्न शिविरमा आधुनिक प्रविधिको माध्यमबाट छातिसम्बन्धी रोगहरूको प्रारम्भिक पहिचान गर्ने उद्देश्य राखिएको थियो। शिविरमा सहभागी नागरिकहरूले सहज र छिटो सेवा पाएको प्रतिक्रिया दिएका छन्।

( एआई) प्रविधिबाट गरिएको एक्स–रे सेवाले क्षयरोग, फोक्सोसम्बन्धी समस्या तथा अन्य छातिसम्बन्धी रोगहरूको पहिचानमा सहयोग पुर्‍याउने जिल्ला स्वास्थ्य कार्यालय इलामका प्रमुख आदित्य शाक्यले वताउनु भएको छ।

क्षयरोगका लागि प्रयोग गर्ने डिजिटल मेसिन रहेको जानकारी दिनुहुँदै क्षयरोग भएका र नभएका व्यक्तिले प्रयोग गर्ने एआई प्रविधि इलामभित्रका पाँच पालिकामा सञ्चालन रहने बताउनुभयो।

यस किसिमको प्रविधि ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
स्वास्थ्य शिविरबाट माई–६, ७ र ८ महमाई क्षेत्रका सर्वसाधारण प्रत्यक्ष लाभान्वित भएको माई नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेल ले जानकारी दिनु भएको छ । वहाँका अनुसार क्षयरोग परीक्षण गर्ने जटिल खकार बोकेर भद्रपुरसम्म पुग्नुपर्ने अवस्थामा हामी थियौं तर अब यो सेवा लिन सहज बन्दै गएको बताउनुभयो ।

आयोजक मध्यको एक संस्था बागमती सेवा समाजका जिल्ला संयोजक कमल कालाखेतीका अनुसार क्षयरोगको बिरामी पहिचान गर्न एआई जडीत डिजिटल एक्सरेद्वारा परिक्षण गर्ने व्याक्तिकै आँखा अगाडि रिपोर्ट दिने प्रविधि रहेको जानकारी दिनुभयो । उहाँले जिल्लाका ११ स्थानमा यो सेवा प्रदान गर्दै रहेको बताउँदै २०५० सम्ममा क्षयरोगमुक्त नेपाल बनाउने लक्ष्य रहेको जानकारी दिनुभयो ।

माई नगरपालिका वडा नम्बर ७ का कार्यवाहक वडा अध्यक्ष तीजकुमारी लिम्बुको अध्यक्षतामा सुरु भएको शिविरमा स्वास्थ्य कार्यालय इलामका प्रमुख आदित्य शाक्य, माई नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेल, माई अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अमृत पोख्रेल, बागमती सेवा समाजका जिल्ला संयोजक कमल कालाखेती, राष्ट्रिय क्षयरोग कार्यक्रम जिल्ला फोकल पर्सन गोपाल बराल, रेडियोग्राफर रेवन्त प्रधान, आयुष देव, सुरज उराउ, ल्याब असिस्टेन्ट राधवेन्द्र मण्डल, सुमन सुरङ्गी मगर, स्वास्थ्यकर्मीहरु गायत्री निरौला, सिर्जना मिश्र, विरेन्द्र धामी लगायत स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।

आयोजकले भोलि पौष-१० गते चिसापानी स्वास्थ्य चौकी माई-९ मा ( एआई) को सेवा सञ्चालन गरिने जानकारी दिएको छ। आगामी दिनमा पनि यस्ता प्रविधिमैत्री स्वास्थ्य कार्यक्रम निरन्तर सञ्चालन गर्नु आवश्यक रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here