अरिदमन गणमा एनसीसी अल्मुनाई एशोसिएशनको वार्षिकोत्सव

0
31

बिर्तामोड ।

एनसीसी अल्मुनाई एशोसिएशन नेपाल झापाले पहिलो वार्षिकोत्सव विविध कार्यक्रम गर्दै मनाएको छ ।

झापाको चारआलीस्थित अरिदमन गणमा सांस्कृति उत्सव बुधबार कार्यक्रम गर्दै वार्षिकोत्सव मनाइएको हो । विद्यार्थीहरुलाई अनुशासित र राष्ट्रप्रेममा जागृत गराउदै आएको राष्ट्रिय सेवा दल (एन.सी.सी) का युवा विद्यार्थीहरुले (एन.सी.सी) अल्मुनाई एशोसिएशन नेपालको आठौं र झापाको पहिलो वार्षिकोत्सव मनाएका हुन् ।

(एन.सी.सी) अल्मुनाई एशोसिएशन झापाको अध्यक्ष रेजिना वनले पहिलो पटक वार्षिकोत्सव आयोजना गर्न पाउँदा खुशी व्यक्त गरिन् । उनले नेपाली सेनाले (एन.सी.सी) अल्मुनाई एशोसिएशनको उन्नति र विकासमा योगदान गर्दै आएको बताइन् ।

कार्यक्रममा विभिन्न सांस्कृति विविधता झल्किने नृत्य प्रस्तुत गर्नुका साथै गायन, कविता प्रस्तुत गरिएको थियो । सो अवसरमा विभिन्न व्यक्तित्वहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

पहिलो वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि २१ नं. बाहिनी अड्डाका बाहिनीपति सहायक रथी मनि कुमार श्रेष्ठले (एन.सी.सी) मार्फत अनुशासित युवा उत्पादनमा योगदान पुगिरहेको बताए ।

उनले (एन.सी.सी) मा सिकेका ज्ञानलाई राष्ट्रहितमा समर्पित गर्न शुभकामना दिए । बाहिनीपति सहायक रथी श्रेष्ठले राष्ट्रलाई आवश्यक परेको समयमा योगदान गर्न सक्ने दक्ष युवाहरु उत्पादनमा एन।सि।सिको योगदानको प्रशंसा गरेका छन् ।

कार्यक्रममा अरिदमन गणका गणपति प्रमुख सेनानी सरोज थापा, अन्य सुरक्षा निकायका प्रमुखहरु, एनसीसी तालिम संचालन भएका विद्यालयका प्रधानाध्यापक, संस्थापकहरु तथा शिक्षक, पत्रकार, समाजसेवी, अल्मुनाई एशोसिएसनमा आवद्ध विद्यार्थी तथा अभिभावकहरुको सहभागिता रहेको थियो ।

नेपाली सेनाले झापा जिल्लाका विभिन्न सरकारी तथा निजी स्कुलहरुमा प्रत्येक बर्ष १५ जना छात्र र १५ जना छात्राहरुलाई समाबेश गरी सिनियर र जुनियर डिभिजन एन।सि।सि तालिम सञ्चालन गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here