बिर्तामोडमा तीनतलाबाट लडेर घाइते ६ वर्षीय बालकको उपचारका क्रममा मृत्यु

0
41

झापा । बिर्तामोड नगरपालिका–४ आगमन टोलमा घरको रेलिङबाट लडेर घाइते भएका ६ वर्षीय बालकको उपचारका क्रममा मृत्यु भएको छ।

आफ्नै तीनतले घरको माथिल्लो तलामा खेल्ने क्रममा लडेका रियान्स कार्की गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि बिर्तामोडस्थित बिएनसी अस्पताल पुर्‍याइएकोमा उपचारकै क्रममा बिहीबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।

घटना पुष २ गते राति करिब ८ः१५ बजे भएको हो। रेलिङ नजिक खेलिरहेको अवस्थामा बालक अचानक तल झरेका थिए। अस्पतालमा चिकित्सकको निगरानीमा उपचार भइरहेको अवस्थामा बिहीबार साँझ ७ः१५ बजे उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

मृतकको शव सोही अस्पतालमा राखिएको छ। घटनापछि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। घटना कसरी भयो भन्ने विषयमा थप विवरण सङ्कलन भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here