सुन्दरहरैंचामामा जिल्ला स्थरीय स्पेलिङ प्रतियोगिता सम्पन्न

0
33

योगेन्द्र योगी
सुन्दरहरैंचा(मोरङ),

मोरङको सुन्दरहरैंचामा जिल्ला स्थरीय स्पेलिङ प्रतियोगिता सम्पन्न भएको छ। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसीएसन (नेसनल प्याब्सन) मोरङका अध्यक्ष इन्द्र नारायण शाहको सभापतित्व तथा नेसनल प्याब्सनका केन्द्रिय सदस्य नारायण ढकालको प्रमुख आतिथ्यता र नेसनल प्याब्सन कोशी प्रदेशका कार्यबाहक अध्यक्ष कमल खनालको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

सुन्दरहरैंचा – १० स्थित हिमालय इंग्लिस स्कुलमा आयोजित प्रतियोगितामा आभा इङलिस सेकेन्डरी बोर्डिङ स्कुल बुढिगंगा प्रथम,ग्लोबल एकेडेमी स्कुल विराटनगर द्धितीय, हिमालय इंग्लिस स्कुल तृतीय र डेल्टा इंग्लिस स्कुलले सान्त्वना स्थान हासिल गर्न सफल भएको छ।

प्रथम, द्धितीय ,तृतीय र सान्त्वना स्कुलका विद्यार्थीलाई अध्यक्ष शाह,प्रमुख अतिथि ढकाल र विशिष्ट खनालले ट्रफी,मेडल र प्रमाणपत्र प्रधान गरेका थिए। प्रतियोगितामा १२ वटा विद्यालयको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले विद्यालयले विद्यार्थीको भाषा सीप, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमतामा अभिवृद्धि गर्न यस्ता गतिविधिहरूले महत्वपूर्ण योगदान पुर्याउने बताएका थिए।

यस्तै विशिष्ट नेसनल प्याब्सन कोशी प्रदेशका कार्यबाहक अध्यक्ष खनालले विद्यार्थीलाई अंग्रेजी स्पेलिङमा दक्ष बनाउँने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउदै आगामी दिनहरुमा पनि क्यालेन्डर बनाएर यस्ता खाले कार्यक्रमहरुलाई निरन्तरता दिईने बताए। विद्यार्थीको ज्ञान र क्षमता अभिबृद्धिका लागि विभिन्न रचनात्मक क्रियाकलापको आयोजना गर्दै आएको नेसनल प्याब्सन मोरङले जनाएको छ।

यो प्रतियोगितामा विद्यार्थीले अंग्रेजी शब्दको संयोजन, चयन र उच्चारण शुद्धरुपमा गर्नुपर्ने हुन्छ । कार्यक्रमको सहजीकरण नेसनल प्याब्सन मोरङका सचिव भनिरुद्र चौधरीले गरेका थिए । पछिल्लो समय नेशनल प्याब्सनले विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलाप मार्फत विद्यार्थी प्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान गर्दै आएको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here