राजनीतिक रापताप बढाउँदै बालेन, नयाँ शक्ति एक होलान् ?

0
40

नरेन्द्र ढकाल,
बिर्तामोड ।

जेन–जी आनदोलन पछि नेपालको राजनीतिक तरलता बढी रहेका बेला नयाँ र पुरा शक्ति बीचरको ध्रुवगीकरण बढ्दै गएको छ । यसै अवस्थामा आगामी फागुन २१ ग्ते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि दलहरु आ–आफ्नो क्षेत्रबाट तयारी शुरु गरेका छन् ।

एमाले र कांग्रेसले स्पष्ट रुपमा निर्वाचनमा सहभागी हुने संकेत अझै दिएका छैनन् । पछिल्लो समय एमाले र कांग्रेस प्रति नागरिकको आक्रोश धेरै रहेको छ । सु–शासन र भ्रष्ट्रचारको छानविन, स्थायी सरकारको माग गर्दै जेन–जी पुस्ता गत भदौ २३ गते सडक आन्दोलनमा निस्केका बेला कांग्रेस र एमालेकै संयुक्त सरकार रहेको थियो । उक्त सरकारले निहत्था विद्यार्थीको गोली हानी हत्या गरेपछि भदौ २४ गते सबै पुस्ताका नागरिक तत्कालिन सरकार प्रति आक्रोशति हुदै सडकमा निस्कदा विध्वंश मच्चिएको थियो ।

समाचार विश्लेषण

त्यस बेला प्रधानमन्त्री केपी शर्मा ओली राजनीनामा बुझाए भाग्नुपरेको थियो भने पटक–पटक प्रधान्त्री भएका शेरबहादुर देउवाले मुक्का खानुपरेको थियो । आक्रोशित समूले नेताका घर मात्र जलाएनन् उनीहरुले सार्वजानिक सम्पत्ति समेत ध्वस्त बनाए । देशकै धरोहरका रुपमा रहेको सिंहदरवार खरानी भयो भने धेरै ऐतिहासिक दस्तावेज ध्वस्त भए । त्यस लगत्तै नागरिक सरकारको रुपमा कार्यभर सम्हालेकी प्रधानमन्त्री शुसीला कार्की नेतृत्वको सरकारले समेत नागरिकको अपेक्षा अनुसारको काम गर्न सकेको छैन् । आम नागरिकमा क्रमश आक्रोश बढ्दै गएको छ भने अबको विकल्प निर्वाचन नै भएको आम विश्लेषण हुन थालेको छ ।

यसैक्रममा केही दिन अघि मात्रै उच्च अदालतबाट धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक भेट वार्तालाई तिब्र बनाएका छन् । उनले प्रधानमन्त्रीदेखि काठमाण्डौंका मेयर सम्मलाई भेटेका छन् । जेन–जी आनदोलन र त्यसपछिको केन्द्रमा रहेका काठमाण्डौंका मेयर बालेन्द्र शाह (बालेन) नयाँ पुस्ताको मियो बनेका छन् ।

अहिलेको नयाँ शक्ति तथा राजनीतिक दलहरुलाई बालेनले आफ्नै वरिपरी घुमाएको देख्न सकिन्छ । एउटा मेयरले देशको राजनीतिलाई कसरी घुमाउन सक्छ र शक्ति केन्द्रलाईलाई कसरी सन्तुलित बनाउन सक्छ भन्ने विषयमा आम विश्लेषण शुरु भएको छ । अधिकांश समय गोप्य नै रहने मेयर बालेनले पछिल्लो समय भेट वार्तालाई तिब्रता दिएका छन् । यसैक्रममा उनले बिहीबार मात्रै विभिन्न राजनीतिक दलका नेता देखि जेन–जीका अगुवाहरुसंग छुटाछुट्टै भेटवार्ता गरेर सबैको राय लिने काम गरिरहेका छन् ।

यसैक्रममा उनले रास्वपा सभापति रवि लामिछानेसंग भेटवार्ता गरेर अबको देशको राजनीतिका विषयमा छलफल गरेका छन् । रवि र बालेनको भेट आफैँमा अर्थपूर्ण थियो। पुराना दलप्रति जनआक्रोश, युवामा बढ्दो निराशा र वैकल्पिक नेतृत्वको खोजीबीच बालेन–रवि सहकार्यले नयाँ राजनीतिक ध्रुव बनाउन सक्छ भन्ने अपेक्षा स्वाभाविक छ । फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई सन्दर्भमा राख्दा यो संवाद केवल व्यक्तिगत भेट नभई सम्भावित राजनीतिक मोडको संकेत पनि हो । यद्यपी बालेन र रवि मिलनको खोजीमा नयाँ र पुराना पुस्ता देखिएका छन् । यद्यपि समस्या अपेक्षामा होइन, तयारीमा देखियो ।

छलफलमा बालेन स्पष्ट एजेन्डासहित पुगेका थिए– युवालाई नेतृत्वमा ल्याउने, वैकल्पिक शक्ति संगठित गर्ने र चुनावी सहकार्यको स्पष्ट मोडल बनाउने । रास्वपा सभापति लामिछानेका तर्फबाट भने ‘एक प्लेटफर्म’ बनेको सामान्य आवरणबाहेक ठोस प्रस्ताव, संरचना वा नेतृत्व ढाँचाको अभाव देखिएको बालेन निकट स्रोतले बताएको छ । छलफलमा बालेनले निकै कम बोल्न पाएका थिए । बिहीबारको छलफल सकरात्मक बनेको रविले प्रतिक्रिया दिएका छन् ।

वार्तालाई निरनतरता दिने सहमति भएको जनाइएको छ । लामिछानेसँग भेट गर्नु्अघि शाहले उज्यालो नेपाल पार्टीको अगुवाइ गरिह्का मन्त्री कुलमान घिसिङसँग पनि भेट गरिसकेका छन् । मेयर बालेनसँग छलफल गर्न पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई समेत पुगेका थिए । ललितपुरस्थित बालेनका सहयोगी कुमार बेन निवासमा वैकल्पिक शक्ति मिल्नुपर्ने भन्दै भट्टराई पुगेको बताइएको छ । उनले नयाँ शक्तिहरुलाई एक भएर अघि बढ्न सुझाव दिदै आएका छन् ।

त्यस्तै बालेनले विघटित प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहसंग पनि वार्ता गरेका छन् । मेयर बालेनसँग भेट गर्न शिशिर खनाल पुगेका थिए । नेपाली कांग्रेसका नेता सुनिल शमासंग पनि बालेनले भेट वार्ता गरिसकेका छन् । बालेनले बिहीबार नै जेनजी अगुवा रक्षा बमसंग समेत वार्ता गरेका छन् । उनले सबै जेन–जीहरुलाई एकताबद्ध भएर अघि बढ्न सुझाव दिएको जनाइएको छ ।

बम लगायतका अन्य जेनजी अगुवा, कलाकार, निवर्तमान सांसदहरू समेत पुगेका छन् । बालेन र रवि सहितका विभिन्न नेताहरुबीचको यो भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । निकटस्थहरूले यो भेटलाई निर्णायक भन्दै आएका थिए । तर हालसम्म कुनै पनि सहमति भएको बताइएको छ । बुधबार राति नागरिक उन्मुक्ति पार्टी नेपालका नेता रेशमलाल चौधरीले काठमाडौं महानगरपालिकाका मेयर बालेनसँग भेट वार्ता गरेका थिए । भेटपछि नयाँहरू मिल्ने सम्भावना कजमोर रहेको उनले प्रतिक्रिया दिएका थिए ।

आम नागरिकले भने नयाँ तथा वैकल्पि शक्तिहरु एक ठाँउमा आउनुपर्ने बताउँदै आएका छन् । नयाँ दलहरु एक भएमा पुराना दलहरु बडारिने विश्लेषण हुने गरेको छ । पछिल्लो समय कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, राप्रपा लगायतका दलहरु प्रति नागरिकको जनविश्वास गुम्दै गएको छ ।

यसैबीच बालेन शाहलाई भेटन् जेन–जी अगुवा सुधन गुरुङ, खगेन्द्र सुनुवार लगायतका नेताहरु समेत पुगेका छन् । बालेनले आफु राजनीतिमा आउने भएकाले सबैसंग सहकार्य र साथमा रहेर अघि बढ्ने स्पष्ट पारेका छन् । बालेन राजनीतिमा आउने बताए संगै राजनीतिमा तरंग पैदा भएको छ । बालेनले युवा पुस्तामा आशा जगाएका छन् भने पुराना राजनीतिक दलमा आफुहरु सकिने डर जगाईदिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here