कमलमा ज्येष्ठ नागरिकलाई न्यानो कपडा

0
45

कमल ।

झापाको कमल गाउँपालिकाले आज एक कार्यक्रमका बीच ज्येष्ठ नागरिकलाई स्वास्थ्य सम्बन्धि जनचेतनाका साथै न्यानो कपडा र पोषणयुक्त खानेकुराद्वारा सम्मान गरेको छ ।

पाचौं राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा गाउँपालिले जेष्ठ नागरिकलाई जनचेतनाका साथै न्यानो कपडा र पोषणयुक्त खानेकुरा दिएर सम्मान गरेको हो ।

“हाम्रो साझा अभियान ज्येष्ठ नागरिक प्रति श्रद्धा र सम्मान”भन्ने नाराका साथ गाउँपालिकामा बसोवास गर्ने ९० वर्षमाथिका ९१ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको महिला तथा वालबालिका शाखा प्रमुख रिता कार्की रिजालले बताउनुभयो ।

कार्यक्रममा उपस्थित ज्येष्ठ नागरिकको सुगर र प्रेसर परिक्षणर गर्नुका साथै पोषण युक्त खानपानका साथै उमेर बढे संगै देखापर्ने अल्जाईमर सम्बन्धि समस्याका बारेमा गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक कुशल श्रेष्ठले सहजीकरण गर्नु भएको थियो ।

ज्येष्ठ नागरिकलाई लालनपालन र उपचारमा पहिलो कर्तव्य आफ्ना सन्तानले गर्नु पर्ने ऐन उल्लेख भएपनि असाय,अशक्त र एकल अवस्थामा रहेको ज्येष्ठ नागरिकलाई राज्यको तर्फ व्यवस्था गरिनुपर्ने कानुनी व्यवस्था रहेको छ ।

पाचौं राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा हामीले ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षणका साथै पोषण युक्त खानेकुरा वितरण गर्नुका साथै उहाँहरुसंग अन्तरक्रिया गर्दै दिवस मनाएको कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले बताउनुभयो ।

कार्यक्रममा निमित्त प्रमुख प्रशासकिय अधिकृत सृजना राई, कार्यपालिका सदस्य ज्ञानबहादुर नेपाली लगायतको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here