झापा । झापाको कमल गाउँपालिका–५ मा लडेर एक व्यक्तिको मृत्यु भएको छ ।
अम्बिका चोकदेखि किराँतेश्वर मन्दिरतर्फ जाने भित्री कच्ची सडकखण्डमा स्थानीय ५२ वर्षीय पर्शुराम रिजालको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार शव पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको छ । प्रहरीले गरेको प्रारम्भीक अनुसन्धानका क्रममा रिजाल मदिरा सेवन गरेर हिँडडुल गर्ने गरेको खुलेको छ ।
शुक्रवार दिउँसो करिब ४ बजे रिजाल आफ्नै घरबाट करिब पाँच सय मिटर पूर्वतर्फ सडकको छेउमा लडेको अवस्थामा भेटिएका थिए । स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले घटनास्थलको मुचुल्का लगायत कानुनी प्रक्रिया पूरा गरेको थियो ।































