७६३ किलो गाँजा बोकेको बोलेरो गाडीसहित दुई जना पक्राउ

0
44

उदयपुर ।

उदयपुरको चौदण्डीगढी नगरपालिका–३ बाट सात सय ६३ किलोग्राम सात सय ग्राम लागू औषध गाँजा बोकेको बोलेरो गाडी सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय बेल्टार र लागूऔषध नियन्त्रण व्युरो बिराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले चौदण्डीगढी नगरपालिका–३ स्थित पैतालिस चौकबाट गाईघाट तर्फ आउदै गरेको को १ ज ३४५६ नम्बरको बोलेरो गाडीलाई चेकजाँच गर्दा गाडी भित्र ३० बोरामा गाँजा बरामद गरेको हो ।

७ सय ६३ किलोग्राम सात सय ग्राम गाँजा बरामद गरी चालक बेलका नगरपालिका –६ का रविन कुमार राई र सोही गाडीमा सवार बेलका नगरपालिका–९ का राम बहादुर राईलाई पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here