इस्ट सुपर स्टार सिजन–१को सिङ्गिङतर्फ तिवारी र डान्सिङतर्फ मगर विजयी

0
35
अर्जुनधारा ।
झापा अर्जुनधारा नगरपालिका–७की यमुना तिवारी सारेगम कला केन्द्रको आयोजनामा आयोजित सिङ्गिङ एण्ड डान्सिङ इस्ट सुपर स्टार सिजन–१को सिङ्गिङतर्फकी विजेता भएकी छिन् ।
नयाँ प्रतिभाहरुको पहिचान एवम् प्रवद्र्धन गर्ने उद्देश्यले गत साउन ३ गतेदेखि सुरु भएको उक्त प्रतियोगिताको स्थानीय रुपरत्न मेमोरियल बोर्डिङ स्कूलको प्राङ्गणमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा पुग्न सफल सात जना प्रतियोगीलाई पछि पार्दै उनी विजेता भएकी हुन् ।
जितसँगै उनले नगद पुरस्कार तीन लाखसहित ट्रफी, प्रमाण पत्र र एउटा गीत रेकर्ड गराउने अवसर प्राप्त गरेको आयोजक केन्द्रका अध्यक्ष सन्तोष ओलेले जानकारी दिए । त्यसैगरी प्रतियोगिताको फस्ट रनरअप सुज्ञान खनाल, सेकेन्ड रनरअप मनोज क्षेत्री र थर्ड रनरअपद्वय दीया अधिकारी र स्वीकृत राजवंशी भएका छन् ।
प्रतियोगिताको फस्ट रनरअप, सेकेन्ड रनरअप र थर्ड रनरअपले नगद पुरस्कार क्रमश एक लाख ५० हजार, एक लाख र पाँच हजारसहित ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् । यता प्रतियोगिताको डान्सिङतर्फ स्मृति मगर विजेता भएकी छिन् । ग्रान्ड फिनालेमा पुग्न सफल सात जना प्रतियोगीलाई पछि पार्दै उनी विजेता भएकी हुन् ।
जितसँगै उनले नगद पुरस्कार तीन लाखसहित ट्रफी, प्रमाण पत्र र एउटा म्युजिक भिडियोमा प्रस्तुती गर्न पाउने बताइएको छ । त्यसैगरी प्रतियोगिताको फस्ट रनरअप समिर लिम्बू, सेकेन्ड रनरअप निश्चल राई, थर्ड रनरअप फवी कार्की भएका छन् ।
उनीहरुलाई नगद पुरस्कार क्रमश एक लाख ५० हजार, एक लाख र पाँच हजारसहित ट्रफी प्रदान गरिएको थियो । आयोजक केन्द्रका अध्यक्ष आलेको अध्यक्षता र अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा गायनतर्फका निर्णायकद्वय उत्तमजंग लिम्बू र हस्त परियार, अतिथि निर्णायक कमला नेम्वाङ नृत्यतर्फका निर्णायकद्वय राज सुब्बा र ज्ञानु सुब्बा, अतिथि निर्णायक आशिष लिम्बूलगायतले पुरस्कारहरु वितरण गरेका थिए ।
स्थानीय एवम् छिमेकी देश भारतका कलाकारहरुबाट विभिन्न गीत प्रस्तुत गरिएको उक्त कार्यक्रमको सञ्चालन सञ्चारकर्मी तिलक योञ्जन र सोफिया खड्काले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here