झापा । रोटरी क्लब अफ बिर्तामोड मिडटाउन र रोटर्याक्ट क्लब अफ बिर्तामोड मिडटाउनको संयुक्त आयोजनामा ‘रोटरी एन्ड रोटर्याक्ट पिकनिक–२०२५’ तथा रोटरी क्लब अफ बिर्तामोड मिडटाउनको चौथो क्लब असेंब्ली एवं साधारण सभा सम्पन्न भएको छ।
हल्दिबारी गाउँपालिका– २ स्थित भेलागुडी सिमसारमा आयोजित कार्यक्रम संस्थाकी अध्याक्ष पुष्पाञ्जलि सिंहाको अध्याक्षता तथा संस्थाका लागि सहायक गभर्नर विनोद चापागाईंले क्लब असेंब्ली सञ्चालन गर्दै विभिन्न समितिहरूको प्रतिवेदन अवलोकन गरेका थिए। उनले प्रतिवेदनको समीक्षा गर्दै आवश्यक सुझावका साथै प्रशंसा व्यक्त गरे।
कार्यक्रममा क्लबको बुलेटिन सार्वजनिक गरिएको थियो। बुलेटिनको लोकार्पण पूर्व अध्यक्षहरू, वर्तमान अध्यक्ष, सचिव तथा पब्लिक इमेज समितिकी अध्यक्ष अर्पणा शर्माले संयुक्त रूपमा गरेका थिए।
असेंब्लीमा क्लब प्रशासन समितिका अध्यक्ष सन्नी गोयल, सेवा परियोजना समितिका अध्यक्ष रत्न बुढाथोकी, सदस्यता समितिका अध्यक्ष राजीव जैन, पब्लिक इमेज समितिकी अध्यक्ष अर्पणा शर्मा तथा द रोटरी फाउन्डेसन समितिकी अध्यक्ष शारदा रिजालले आ–आफ्ना समितिका प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रममा रोटर्याक्ट क्लब अफ बिर्तामोड मिडटाउन तथा इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन सचिव रोशन बुढाथोकीले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष होम कार्कीले राखेका थिए।































