स्मृतिलाई सेवासँग जोड्दै सौठा माविमा न्यानो पोषाक वितरण

0
21

मोरङ । गोपाल गौरी दिगो विकास प्रतिष्ठान केन्द्रले मोरङको रतुवामाई नगरपालिका–६ स्थित सौठा माध्यमिक विद्यालयका नानीबालिकालाई न्यानो पोषाक वितरण गरेको छ। प्रतिष्ठानले नर्सरीदेखि कक्षा ५ सम्म अध्ययनरत ६२ जना विद्यार्थीलाई निःशुल्क पोषाक उपलब्ध गराएको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमेश गौतमको अध्यक्षतामा २०८२ पौष १४ गते सम्पन्न कार्यक्रममा प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष इन्दिरा शर्मा प्रमुख अतिथि थिइन्। कार्यक्रम प्रतिष्ठानको आफ्नै लगानी तथा अध्यक्ष शर्माको योगदानमा आयोजना गरिएको हो।

कार्यक्रममा बोल्दै शर्माले संस्थाले आफ्नै स्रोतबाट सामाजिक उत्तरदायित्वका कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको बताइन्। स्वर्गीय माता बुधमायाँ पोख्रेलको वार्षिक पुण्यतिथिको अवसर पारेर आयोजना गरिएको कार्यक्रमले बालबालिकाको पढाइमा उत्साह थप्ने अपेक्षा गरिएको छ।

विद्यालयका प्रधानाध्यापक ओमप्रकाश सुब्बा लिम्बुले न्यानो पोषाकले विद्यार्थीको नियमितता र आत्मविश्वास बढ्ने बताए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौतमले चिसो मौसममा बालबालिकाका लागि गरिएको सहयोगलाई सकारात्मक कदमका रूपमा मूल्यांकन गरे।

कार्यक्रममा विद्यालय पोषाक ट्र्याकसुट तथा बिस्कुट वितरण गरिएको थियो। शिक्षक मानबहादुर खड्काले सञ्चालन गरेको कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष खनिमायाँ श्रेष्ठ, कार्यसमिति सदस्य भगवती गुरागाईं, झापा उपसमितिका सदस्य–सचिव दया फुयेल, आजीवन सदस्यहरू, स्वर्गीय माताका परिवारजन तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो।

प्रतिष्ठानले सीप विकास, राहत तथा खाद्यान्न वितरण, पोषाक सहयोग, घर निर्माण गरी विपन्न परिवारलाई हस्तान्तरणलगायत सामाजिक विकासका कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here