
राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने क्षमता भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच देखिएको सहमतिले युवा पुस्तामा उत्साह थपेको छ । देशको वर्तमान राजनीतिदेखि आजित भएका नेपाली नागरिकमा थोरै भए पनि आशाको सञ्चार भएको छ । आइतबार बिहान भएको सात बुँदे सहमतिले आगामी निर्वाचनमा युवा पुस्तामा उत्साह मात्र भरेको छैन देशका तमाम नागरिकमा आशाको सञ्चार गराएको छ ।
फरक राजनीतिक पृष्ठभूमि भए पनि सुशासन, पारदर्शिता र परिणाममुखी कामप्रति देखिएको समान सोचका कारण यो सहमति युवाहरूका लागि आशाको संकेत बनेको हो । लामो समयदेखि परम्परागत राजनीतिक शैलीबाट निराश बनेका युवाहरूले रवि र बालेनलाई नयाँ सोच र साहसी नेतृत्वको प्रतिनिधिका रूपमा हेर्दै आएका छन् । रविले राष्ट्रिय तहमा उठाउँदै आएका मुद्दा र बालेनले स्थानीय सरकार मार्फत गरेर देखाएको कार्यशैलीको संयोजनले राजनीतिमा सकारात्मक परिवर्तन सम्भव छ भन्ने विश्वास बलियो बनाएको छ । इच्छा शाक्ति र काम गर्ने शैलीले नै एउटा मेयरमा कति अधिकार हुन्छ र हँुदोरहेछ भन्ने आमा नेपालीले बुझ्न पाएका छन् । काठमाडौं महानगरलाई परिर्वतनको आभाष दिलाउन सफल मेयर बालेनले अब देशको बागडोहोर सम्हाल्ने निश्चित जस्तै भएको छ । एउटा युवाले देशको कार्यकारी पदमा पुगेर धेरै गर्न सक्छ भन्ने उदाहरण त उनले काठमाडौंको विकास, विस्तार र संरक्षणमा देखाएको दतारुपता नै काफी छ ।
जेन–जी आन्दोलनपछि पनि आमानागरिकमा खासै उत्साहको सञ्चार नभइरहेका बेला दुई नेताहरु बीच भएको सहमतिले आज सम्पूर्ण विकासप्रेमी, राष्ट्रप्रेमी नागरिकमा खुशीयाली छाएको छ । सामाजिक सञ्जालमा समेत यस सहमतिलाई लिएर व्यापक प्रतिक्रिया देखिएको छ । धेरै युवाहरूले यसलाई पुरानो राजनीतिक संस्कृतिलाई चुनौती दिने कदमका रूपमा लिएका छन् भने केहीले यसले भविष्यमा वैकल्पिक राजनीतिक धार निर्माण गर्न सक्ने अपेक्षाव्यक्त गरेका छन् । यद्यपि, कतिपयले सहमति व्यवहारमा कति लागू हुन्छ भन्ने विषयमा प्रश्न पनि उठाएका छन् । सहमति घोषणामा सीमित रहने हो कि नीतिगत र कार्यान्वयन तहमा देखिने हो भन्ने विषयले यसको दीर्घकालीन प्रभाव निर्धारण गर्नेछ ।
केही राजनीतिक दलका झोला बोक्न मरिहत्ते गर्नेहरुले अब देश युक्रेन हुने भएको भन्दै भ्रम सिर्जना गर्न थालेका छन् । तर, यो कुरा आमा नेपाली नागरिकले बुझ्न जरुरी छ कि अहिले देश युक्रेन हँुदैन । किनकि वर्तमान संविधान अनुसार नै प्रतिनिधि सभाको निर्वाचन हुन्छ र सार्वभौम शक्ति सम्पन्न संसद मार्फत देशका हरेक दिर्घकालिन निर्णय हुने हुँदा देश कुनै युक्रेन वा विदेशी शक्तिको गुलाम बन्ने छैन । यस्तो भ्रममा पार्न पुराना पार्टीका नेता तथा कार्यकर्ताहरु लागि पर्ने भएकाले आम सचेत नागरिक अब चुप लागेर बस्नु हुँदै आ–आफ्नो डम्फु बजाउन माहिर काँग्रेस र कम्युनिष्टहरु बिरुद्ध गोलबद्ध हुँदै बालेन र रविको टिमलाई आमनागरिकले बहुमत दिन जरुरी छ । त्यसो भए मात्रै देशले परिर्वतनको बाटो समाउने छ ।
जे होस् रवि र बालेनको सहमतिले युवाहरूलाई फेरि राजनीतिप्रति चासो राख्न प्रेरित गरेको छ । यही उत्साहलाई व्यवहारिक परिवर्तनमा रूपान्तरण गर्न सकिएमा नेपाली राजनीतिमा नयाँ अध्याय शुरु हुन सक्ने अपेक्षा गरिएको छ । यी दुईको सहमतिले ‘बोल्ने र गर्ने’ नेतृत्व एकै ठाउँमा आउन सक्ने सन्देश दिएको युवा वर्गको बुझाइ छ । लामो समयदेखि उही अनुहार र उही शैलीको राजनीतिबाट निराश बनेका युवाहरूका लागि यो सहमति नयाँ राजनीतिक संस्कृतिको शुरुवात हुन सक्ने आशाका रूपमा हेरिएको छ । रवि र बालेनको सहमतिले युवा पुस्तामा उत्साह जगाउनुको मुख्यकारण उनीहरू दुबैले परम्परागत राजनीतिक ढाँचालाई चुनौती दिएको देखिनु हो । युवाहरू परिणाममुखी नेतृत्व चाहन्छन्, जहाँ भाषणभन्दा कामको मूल्य हुन्छ । बालेनले स्थानीय तहमा देखाएको कार्यशैली र रविले राष्ट्रिय बहसमा ल्याएको दबाबले यही चाहनालाई सम्बोधन गरेका छन् ।
यो सहमति स्पष्ट कार्ययोजना, नीति समन्वय र जनतासँग निरन्तर संवादमा परिणत हुन सकेन भने अहिलेको उत्साह निराशामा बद्लिन सक्छ । त्यसैले युवा पुस्ताका लागि यो सहमति केबल व्यक्तिको मिलन होइन, राजनीतिक संस्कृतिमा परिवर्तनको परीक्षण हो । अझ भनौं स्वदेशमा नै केही गर्ने सोच बनाए पनि वातावरण नबन्दा विदेशी भूमिमै बस्न बाध्य नेपालीहरुले भने उत्साहकै रुपमा लिएका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा विदेशमा रहेका मतदान गर्न मिल्ने र मतादाता नामावलीमा नाम भएका तमाम् नेपाली स्वदेश फर्किएर परिर्वतनकारी शक्तिलाई निर्वाचित गराउन अग्रसर हुनै पर्छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन र रास्वपा सभापति रविबीच देखिएको सहकार्य र सहमतिले पुराना राजनीतिक दलहरूलाई तरंगित बनाएको छ । फरक–फरक भूमिकामा रहे पनि परिवर्तन, सुशासन र जवाफदेहिताको साझा एजेन्डाले पुराना दलहरु कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीमा सन्नटा छाएको छ । मतदान गोप्य हुन्छ अहिले पार्टीका झण्डा बोकेर हिँड्नेहरुले पनि मतदान गर्ने बेलामा परिर्वतनको घण्टी बजाउन सक्ने भएकाले पुराना राजनीतिक दलहरु तरंगित भएका हुन् । हिजोसम्म देश आफ्नै बाउको बिर्ता सम्झिने यिनीहरुलाई नेपाली जनताले आगामी निर्वाचनमा राम्रै सबक सिकाउने निश्चित छ । यिनीहरुले युवा पुस्तालाई अघि सारेर पुनः आफ्नो डम्फु आफू अनुकूल बजाउन सक्नेतर्फ भने सचेत बन्नुपर्छ । यी पार्टीका युवा भनाउँदा उम्मेदवारहरु पनि पुरानै नेताहरुको इशारामा नाच्ने भएकाले यस पटक नागरिकले कसैको कुरा नसुनेर देशभर परिर्वतनको घण्टी बनाएर नयाँ बिगुल फुक्न जरुरी छ । अब पुरानाबाट परिर्वतन सम्भव छैन ।
लामो समयदेखि नेपाली राजनीतिमा प्रभुत्व जमाउँदै आएका परम्परागत दलहरूका लागि बालेन र रविको एकता चुनौतीका रूपमा देखिन थालेको छ । विशेषगरी युवा र शहरी मतदातामाझ दुबै नेताको प्रभाव बढ्दै जानुले पुराना दलहरूलाई आफ्नो रणनीति पुनरावलोकन गर्न बाध्य बनाएको राजनीतिक विश्लेषकहरूको बुझाइ छ । बालेनले स्थानीय तहमा देखाएको कडा निर्णय क्षमता र रविले राष्ट्रिय तहमा उठाएका भ्रष्टाचार विरोधी तथा सुशासनका मुद्दाले जनतामा फरकखालको विश्वास निर्माण गरेको छ । यही विश्वास पुराना दलहरूबाट खस्कँदै गएको जनसमर्थनको संकेतका रूपमा पनि हेरिएको छ ।
सामाजिक सञ्जाल र सार्वजनिक बहसमा समेत पुराना दलका नेताहरूको असहज प्रतिक्रिया देखिन थालेको छ । कतिपयले यो सहकार्यलाई अस्थायी भनेका छन् भने कतिपयले नयाँ राजनीतिक धारको शुरुवात हुन सक्ने सम्भावनालाई हल्का रूपमा लिन नहुने चेतावनी दिएका छन् । यद्यपि, बालेन र रविको सहकार्य कति संस्थागत र दीर्घकालीन हुन्छ भन्ने प्रश्न अझै खुला छ । तर हालका लागि उनीहरूको एकताले पुराना दलहरूलाई स्पष्ट सन्देश दिएको छ– जनताले अब भाषणभन्दा काम र परिणाम खोजिरहेका छन् । बालेन र रविको एकताले नेपाली राजनीतिमा नयाँ बहस मात्र होइन, पुराना शक्ति संरचनामा तरंग ल्याएको तथ्य अस्वीकार गर्न सकिँदैन ।
अब आमनागरिक भ्रममा नपरि यही संसदीय व्यवस्था अन्तर्गत नै परिर्वतन खोज्नका लागि बालेन र रविको टिमलाई दुई तिहाईको बहुमत दिन जरुरी छ । अब व्यक्ति राम्रो नराम्रोभन्दा पनि परिर्वतनकारी समूहलाई स्पष्ट बहुमत दिन नेपाली नागरिकले हात कमाउनुहुन्न तब मात्र देशले परिर्वतनको आभाष गर्नेछ । नत्र संसदमा बहुमत नहुँदा परिर्वतनकारी शक्तिले केही गर्न नसक्ने निश्चित छ । देशको विकास, भ्रष्टाचार अन्त्य, सु–शासन र परिर्वतनका लागि यस पटक मत बदल्न जरुरी छ । परिर्वतनकारी शक्तिलाई बहुमत जरुरी छ । त्यसैले नयाँ भनिएका दलहरु बालेन र रविको समर्थनमा हुने निर्वाचनमा सहभागी हुन जरुरी छ । सम्भावना बोकेका उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ पनि अब बालेन र रविसँग सहकार्य गर्न ढिला गर्नुहुँदैन । युवा पुस्तामै देशको भविष्य नेपालीहरुले खोजिरहेका छन् ।
























