महेन्द्र रत्न माविको पूर्व विद्यार्थी समाजको अध्यक्षमा मदनगोपाल

0
66

वीरु दर्नाल, झापा ।

झापाको बिर्तामोड नगरपालिका–३ स्थित महेन्द्र रत्न मावि अनारमनीको पूर्व विध्यर्थी समाजको अध्यक्षमा मदन गोपाल सुब्बा सर्वसम्मत चयन भएका छन् ।

समाजको शनिबार सम्पन्न तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनले सुब्बाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । समाजका संस्थापक अध्यक्ष राजकुमार पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरीचरण शिवाकोटी रहेका थिए ।

आगामी दुई वर्षको लागि चयन १५ सदस्यीय नयाँ समितिमा अध्यक्ष सुब्बा , उपाध्यक्ष रुपक थापा, सचिव भूविक्रम बस्नेत , कोषाध्यक्ष नरेश न्यौपाने रहेका छन् । त्यस्तै सदस्यहरुमा भावना आचार्य , शारदा न्यौपाने , ईन्दीरा भट्टराई , शान्ता चुडाल , शोभा आचार्य , कमलराज बिमली , शुसिल बस्नेत , बाबुलाल अग्रवाल , कृष्णलाल राजवंशी , गोपाल दाहाल र किशोर मैनाली रहेका छन् ।

कार्यक्रममा चार जना शिक्षकलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा विद्यालयका प्रधानाध्यापक खड्गप्रसाद खरेल , नेत्र प्रसाद खरेल , भोजराज दाहाल र युवराज कट्टेल रहेका थिए । कार्यक्रममा प्रमुख अतिथी शिवाकोटी, पूर्व प्रधानाध्यापक देवेन्द्र गौतम, प्रधानाध्यापक खरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा समाजद्वारा प्रकाशित महेन्द्र रत्न प्रेरणा पुञ्ज स्मारिका विमोचन गरिएको थियो । समाजको हालसम्म १७ लाख अक्षय कोषमा जम्मा भएको र एक सय ५१ जना पूर्व विध्यार्थी आजीवन सदस्य रहेको काजी बुढाथोकीले बताए ।

पहिलो पटक २०७९ साउन २१ गते विद्यालय परिसरमा सम्पन्न भेलाले राजकुमार पोखरेलको अध्यक्षतामा तदर्थ समिति निर्माण गरेको थियो । त्यस्तै २०७९ मंसिर २८ गते भूतपूर्व विद्यार्थी समाजको विधिवत् जिल्ला प्रशसन कार्यालय झापामा दर्ता भएको बताइएको छ । संस्थाको अक्षय कोषमा पाँच हजार पाँच सय समर्पण गर्ने सदस्यलाई स्वतः संस्थाको आजीवन सदस्य हुने ब्यवस्था गरिएको डा. लक्ष्मीप्रसाद मैनालीले जानकारी दिए । उक्त विद्यालय २०१४ सालमा स्थापना भएको थियो ।

संस्थाले हरेक अधिवेशन वा कार्यक्रम बाहेकका बैठक, भेला वा अन्य शिर्षकमा संस्थाको रकम खर्च नगर्ने प्रचलन गरेको रुपक गोदार थापाले बताए । समाजको नेतृत्वमा हालसम्म गुरु पूर्णिमाको अवसरमा गुरु सम्मान् , शुद्ध खानेपानी ट्याँङ्की , छात्रवृत्ति, लामो दुरीबाट आउने छात्रालाई साईकल वितरण तथा बिभिन्न सीपमुलक तालिमको संचालन समेत गरिरहेको वेदप्रकाश न्यौपानेले जानकारी दिए ।

कार्यक्रममा अध्यक्षको प्रतिवेदन संस्थापक अध्यक्ष पोखरेलले प्रस्तुत गरेका थिए भने स्वागत मदन गोपाल सुब्बाले गरेका थिए । कार्यक्रमको सञ्चालन मोहन शिवाकोटी गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here