जे–सर्टको बिर्तामोडमा मिट एण्ड ग्रिट कार्यक्रम

0
135

बिर्तामोड ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाको आयोजना तथा जापानीज भाषा परीक्षा जे–सर्टको सहकार्यमा बिर्तामोडमा मिट एण्ड ग्रिट कार्यक्रम सम्पन्न भएको छ ।

इक्यान झापाका अध्यक्ष राजकुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा इक्यान केन्द्रका केन्द्रिय सदस्य एवम् जापान विभाग प्रमुख श्रीराम गिरीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा जे–सर्टका प्रमुख मोहन खड्का, इक्यान झापाका संस्थापक अध्यक्ष एवम् प्रमुख सल्लाहकार सुमन शर्मा जमरकट्टेल, निर्वतमान अध्यक्ष रोशन सुवेदी लगायतको आतिथ्य रहेको थियो ।

जापानीज भाषा परिक्षाको सञ्चालन तथा झापाका कन्सल्टेन्सीबाट विद्यार्थीको प्रतिनिधित्वको विषयमा इक्यान झापाका उपाध्यक्ष एवम् जे–सर्ट परीक्षा विभागका प्रमुख अशोक भण्डारीले प्रकाश पार्दै स्वागत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी गिरीले झापाबाट जापानीज भाषा परीक्षामा उल्लेख्य सहभागिता जनाएको भन्दै इक्यान झापाका सबैलाई धन्यवाद दिए । त्यस्तै जे–सर्टका प्रमुख खड्काले जापानीज भाषा परीक्षालाई निरन्तरता दिनुका साथै इक्यान झापासंगको सहकार्यलाई अघि बढाउने प्रतिबद्धता जनाए ।

कार्यक्रममा इक्यान झापाका संस्थापक एवम् प्रमुख सल्लाहकार जमरकट्टेलले स्थापनाकालदेखि नै जापानीज भाषा परीक्षा जे–सर्टको परीक्षा सञ्चालन भइरहेको भन्दै जे–सर्टलाई धन्यवाद दिए । उनले विगतमा जे–सर्टको परीक्षा दिनकै लागि विद्यार्थीहरु काठमाण्डौंसम्म धाउनुपर्ने बाध्यता रहेको भन्दै इक्यानसंगको सहकार्यपछि झापामै परीक्षा भइरहेको उनको भनाई छ ।

इक्यान झापाका निर्वतमान अध्यक्ष सुवेदीले शैक्षिक परामर्शका क्षेत्रमा जे–सर्ट नेपालले ठूलो सहयोग गरेको भन्दै धन्यवाद दिए । कार्यक्रममा इक्यान झापाका अध्यक्ष कार्कीले जे–सर्ट नेपालसंग परीक्षा सञ्चालनका लागि गरेको सम्झौताका विषय अवगत गराउँदै इक्यानको शैक्षिक गतिविधिमा जे–सर्टको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

उनले जे–सर्ट परीक्षा सञ्चालनका लागि झापाका धेरै कन्सल्टेनसीहरुले महत्वपूर्ण सहयोग गरेको भन्दै धन्यवाद दिए । सोही अवसरमा जे–सर्ट नेपालले इक्यान झापाका नवनिर्वाचित पदाधिकारी तथा परीक्षा सञ्चालनका सदस्यहरुलाई सम्मान गरेको थियो । कार्यक्रमको सञ्चालन इक्यान झापाका सचिव विशाल सिटौलाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here