रत्नबहादुर बस्नेत
बिर्तामोड ।

नेत्रहीन संघ झापाले विविध कार्यक्रमसहित २१७ औं लुइस ब्रेल जन्मजयन्ती तथा नवौं विश्व ब्रेल दिवस मनाएको छ।
नेत्रहीन संघले शुभकामना आदानप्रदान तथा विभिन्न खेलकूद, ब्रेल लेखन प्रतियोगिताको आयोजना गरि ब्रेल लिपिका जन्मदाता लुइस ब्रेलको २१७औं जन्मजयन्ती तथा नवौं विश्व ब्रेल दिवस मनाइएको हो।
बिर्तामोड नगरपालिका उपप्रमुुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्य तथा नेत्रहीन संघ झापाका अध्यक्ष होमनाथ राजबंशीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष उत्तम खतिवडाले स्वागत गरेका थिए।
कार्यक्रममा संघद्वारा आयोजित विभिन्न प्रतियोगिताका विजयी ब्रेल लेखन तर्फ प्रथम सुष्मा ढुंगेल, द्वितीय अश्विनीकुुमार काफ्ले , तृतीय पवित्रा तामाङ, छेलो हान्ने तर्फ प्रथम गौविन्द न्यौपाने, द्वितीय कमल भण्डारी, तृतीय होमेन्द्र ढुंगेल, म्युजिकल चियर तर्फ प्रथम पवित्रा तामाङ, द्वितीय कल्पना बास्तोला, तृतीय कल्पना महतो र हण्डी फुटाउने प्रतियोगिताका विजयी मीना गिरीलाई पुरस्कार प्रदान गरिएको थियोे ।
सोही अवसरमा झापा नेत्रहीन संघका अति विपन्न सदस्यलाई न्यानो कपडा तथा सेतो छडी वितरण गरिएको थियो। संस्थालाई न्यानो कपडाका लागि समाजसेवी यशोदा खड्काबाट १२ हजार, भीममाया नेम्बाङको समन्वयमा इन्द्रकुमार जबृगू ८ हजार, संगीता आङथुपो ५ हजार र शान्ता राई गहतराजबाट १ हजार पाँच सय गरी १५ हजार र मीना राईबाट ११ हजार मूल्यबराबर कमललगायत न्यानो कपडासाथै उपप्रमुख संग्रौलाबाट नगद ५ हजार सहयोग प्राप्त भएको थियो।
नेत्रहीन संघ झापाका संस्थापक अध्यक्ष खेम रेग्मीले कार्यक्रमको अौचित्यमाथि प्रकाश पारेको कार्यक्रममा प्रमुख अतिथि संग्रौला, बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष जीवनकुुमार खड्का, समाजसेवी यशोदा खड्का, पञ्चकन्या सहकारीका अध्यक्ष यादपकुमारी तिम्सिना, कियाचु जिल्ला सचिव भीममाया नेम्बाङ, सामाजिक अभियान्ता गणेश ढुंगाना, झापा नेत्रहीन संघका सल्लाहकार प्रेमप्रकाश सिटौलालगायतले शुभकामना मन्तव्य राखेका थिए।
खेलकूद तर्फ चन्द्रप्रसाद भट्टराईले सहजीकरण गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव दिलकुमार राजबंशीले थिए।































