कानेपोखरी – लेटाङ्ग – जाँते हुँदै पथरीको जाँते मोड ( नयाँ रुट) सडक संचालनमा 

0
114
 
छविराज ढकाल 
पथरी शनिश्चरे, 
मोरङको पथरी शनिश्चरे -१० मोरङ्गी खोलामा सडक निर्माणका क्रममा सडक किनारा धस्सिएपछि सवारी साधन आवातजावतका लागि  नयाँ लामो डाइभर्सन संचालनमा ल्याइएको  छ।
हाललाई मोरङको पथरी शनिश्चरे वडा नं १ को जाँते मोडदेखि जाँते गाउँ हुँदै लेटाङ र कानेपोखरी सडक लाई  अल्पकालीन सडक सञ्चालनमा ल्याइएको  हो।
 मोरङ्गी खोलाको सडकको दक्षिण पश्चिम पट्टि भागमा एसियन हाइवे रोडको थप पूर्वाधार  निर्माणका क्रममा  धसिएका कारण पूर्णरुपमा  सवारी साधन आवागमनमा  पुर्ण रुपमा रोक लगाउँदै नयाँ रूट अनुसार तर्फ अगाडि बढ्न सबैलाई सूचित गरिएको छ। सो  सोही पुलको नजिकैबाट अर्कालाई अर्को वैकल्पिक बाटो निर्माण गर्न पनि
 दलदल र भाँसिने जमिन भएकोले दुईतर्फी (टु वे ) वैकल्पिक सडक निर्माणका लागि पनि  कक्षमै दुई तीन दिन समय लाग्ने जनाइएको छ।
 नजिकमा अर्को विकल्पको बाटो नहुँदा ठूला- साना  सबै सवारी साधनहरू तथा यात्रुहरूले पश्चिमबाट आउँदा कानेपोखरी देखि लेटाङ बजार – जाँतेगाउँ हुँदै पथरीको जाँते मोड आउनुपर्नेछ भने पूर्वबाट पश्चिम जाने सवारी साधनहरूले पथरीको जाँते मोडबाट १० किलोमिटर, जातिबाट लेटाङ करिब छ किलोमिटर , लेटाङबाट कानेपोखरी झर्न करिब ८/ ९ किलोमिटर गरी कुल २०- २२ किलोमिटर घुम्नुपर्ने बाध्यता रहेको छ।
यसै सन्दर्भमा तत्काल समाधान निकाल्ने उद्देश्यले आजै बिहान बसेको उक्त अवसरमा एशियन हाइवे का  परियोजना प्रबन्धक (project manager) जगत प्रजापति,   परियोजना कम्पनीका सञ्चालक ) project contractor डोरमणि पौडेल सहित एशियन हाइवे निर्माण कम्पनीका अन्य प्रतिनिधिहरू, इन्जिनियर एवम्  सरोकारवाला विज्ञहरू , पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापो, कानेपोखरी गाउँ पालिकाकी अध्यक्ष राजमती इङनाम,  इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी तुलसी प्रसाद अर्याल लगायतको उपस्थितिको छलफलले केही दिन भित्रैमा  मोरङ्गी खोलाको हालको पुलको दक्षिणपट्टि दुईतर्फी सवारी साधन आवागमन गर्न सहज हुनेगरी  वैकल्पिक डाइभर्सन  तत्काल निर्माण गर्ने निर्णय भएको इलाका प्रहरी कार्यालयका प्रमुख तुलसीप्रसाद अर्यालले जानकारी दिनुभयो।  उक्त छलफल बैठकले नयाँ  यातायात सञ्चालनका लागि रुट तालिका सार्वजनिक गरिने इन्चार्ज विपुल पोखरेलले जानकारी दिएका छन्।
 हिजो बेलुकादेखि  नै इलाका प्रहरी कार्यालयले सर्वसाधारण तथा सवारी साधन सञ्चालकहरूलाई सूचना  सार्वजनिक गर्दै नयाँ रुट सञ्चालनमा आएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here