सामाजिक कार्यमा इलाम– झापा मैत्री समाज

0
109

झापा, झापाको अर्जुनधारा ६ कप्तानवारीमा रहेको अपङ्ग बाल शिक्षा सरोकार केन्द्रमा रहेका १४ जना बालवालिकालाई खाद्यन्य सहयोग गरिएको छ ।
इलाम– झापा मैत्री समाज बिर्तामोड नगरसमितिले बालबालिकाका लागि अत्यावश्यक खाद्य समाग्रीसहित सरसफाइका सामग्री प्रदान गरेको हो । केही समय अघि मात्रै इलाम– झापा मैत्री समाज बिर्तामोड पुर्नगठन भएको थियो । सामाजिक कार्यमा टेवा पु¥याउने उद्देश्यले नव नवगठित सो समितिले पहिलो कार्यक्रम अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा गरिएको समजकी उपाध्यक्ष दुर्गा पोखरेलले जानकारी दिइन् ।
वालवालिकाका लागि समाजका तर्फबाट अध्यक्ष अञ्जु लामिछानेसहितको टोली पुगेर खाद्यन्य संस्थाका सञ्चालक कृष्णदेव दुलाललाई हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा संस्थाका तर्फबाट अध्यक्ष लामिछाने सहित उपाध्यक्ष पोखरेल, सह सचिव विमल कट्टेल, कोषाध्यक्ष गंगा खनाल, सदस्य जोशिला खत्री, सविता आचार्य, खेमराज पराजुली, श्रद्धा सुमन शर्मा र सीता अधिकारी सहभागी थिए ।
त्यस्तै निर्वतमान उपाध्यक्ष सुधा कटुवाल, सह सचिव शिव खनाल , टिकाराम दवाडी र रमेश घिमिरे सहभागी थिए । वालवालिकाका लागि आरएन सप्लार्यसका तर्फबाट कपी र पेन्सिल सहितका स्टेशनरी सामग्री बितरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here