झापामा जंगली हात्ती मृत फेला

0
24

झापा ।

झापामा आज बिहान जंगली हात्ती मृत फेला परेको छ ।

बुद्धशान्ति गाउँपालिका-३ स्थित कालिका सिमसार जाने बाटोमा डाँडागाउँका लालबहादुर रसाइलीको खेतमा दारा नभएको भाले हात्ती मृत फेला परेको हो । बस्तीको छेउमा हात्ती मृत फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय बुधवारेको टोली घटनास्थल पुगेर डिभिजन वन कार्यालय झापालाई खबर गरिसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यस वर्ष हात्तीको आक्रमणमा परी जिल्लामा चार जनाले ज्यान गुमाएका छन्, भने यो भन्दा अगाडि एउटा हात्ती मृत फेला परेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here