रातेखालमा खुला नकआउट क्रिकेट प्रतियोगिता सुरु

0
25
अर्जुनधारा, स्थानीयस्तरमा क्रिकेट खेलको प्रबद्र्धनसँगै खेलाडी उत्पादन गर्ने उद्देश्यले अर्जुनधारा नगरपालिका–४स्थित रातेखाल युवा क्लबको आयोजनामा प्रथम रातेखाल टी १० खुला नकआउट क्रिकेट प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ ।
स्थानीय दहीझोडा सामुदायिक वन उपभोक्ता समूहअन्र्तगतको दहीझोडा खेलमैदानमा सञ्चालन हुने उक्त प्रतियोगिताको प्रमुख अतिथि समूहका अध्यक्ष देवराज बुढाथोकीले उद्घाटन गरेका थिए ।
यही पुस २६ गते फाइनल हुने प्रतियोगितामा झापा जिल्लाका १७ वटा टिमको सहभागीता रहेको आयोजक क्लबका अध्यक्ष अर्जुन डाँगीले जानकारी दिए । प्रतियोगिताको विजेता र उपविजेता टिमले नगद पुरस्कार क्रमश ४० हजार र २५ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
त्यसैगरी व्यक्तिगत विधातर्फ प्रतियोगिताको म्यान अफ दी सिरीज, बेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई पुरस्कृत गरिने बताइएको छ । त्यसैगरी प्रतियोगिता उद्घाटनको दिन तीन वटा खेल सम्पन्न भएको थियो ।
जसअनुसार पहिलो खेलमा आयोजक रातेखाल युवा क्लबलाई ६३ रनले पराजित गर्दै अर्जुनधारा युनाईटेड क्रिकेट क्लब विजयी भएको छ । खेलमा अर्जुनधाराले १३० रन बनाउन सफल भएको थियो ।
जवाफमा आयोजक क्लबले ६७ रन बनाएको थियो । विजेता टिमका सर्वाधिक रन ५४ बनाउने खेलाडी राजिप ढुंगाना खेलको उत्कृष्ट खेलाडी घोषित भएका थिए । उनलाई नगद पुरस्कारसहित मेडल प्रदान गरिएको थियो ।
त्यसैगरी दोस्रो खेलमा बिर्तामोड वारियरलाई ११ रनले पराजित गर्दै बिर्तामोड राइजिङ ११ विजयी भएको छ । खेलमा बिर्तामोड राइजिङले १०१ रन बनाउन सफल भएको थियो ।
जवाफमा बिर्तामोड वारियरले ९० रन बनाएको थियो । विजेता टिमका लागि सर्वाधिक रन ६३ बनाउने खेलाडी सुरज न्यौपाने खेलको उत्कृष्ट खेलाडी घोषित भएका थिए । उनलाई नगद पुरस्कारसहित मेडल प्रदान गरिएको थियो ।
त्यस्तै तेस्रो खेलमा बुधबारे युनाईटेडलाई २४ रनले पराजित गर्दै एब्सुलेट युनाईटेड क्रिकेट क्लब विजयी भएको छ । खेलमा एब्सुलेट युनाईटेडले ५९ रन बनाउन सफल भएको थियो ।
ज्वाफमा बुधबारे युनाईटेडले ३५ रन बनाएको थियो । विजेता टिमका लागि सर्वाधिक रन २८ बनाउने प्रजन बराल खेलको उत्कृष्ट खेलाडी घोषित भएका थिए । उनलाई नगद पुरस्कारसहित मेडल प्रदान गरिएको थियो ।
भोलि(बुधबार)को पहिलो खेल कनकाई–८ र ड्रागन–११, दोस्रो खेल रातेखाल क्रिकेट टिम र पानीकल क्रिकेट टिम तथा तेस्रो खेल इटाभिट्टा र मेचीनगर–८बीच प्रतिस्पर्धा हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here