अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिका–४स्थित रातेखालमा जारी प्रथम रातेखाल टी१० खुला नकआउट क्रिकेट प्रतियोगिताअन्र्तगत बुधबार तीन वटा खेल सम्पन्न भएको छ ।
स्थानीय दहीझोडा सामुदायिक वन उपभोक्ता समूहअन्र्तगतको दहीझोडा खेलमैदानमा सम्पन्न भएको पहिलो खेलमा कनकाई–८लाई २ विकेटले पराजित गर्दै ड्रागन–११ विजयी भएको हो ।
पराजित टिम कनकाई–८ले दिएको १०५ रनको लक्ष्यलाई ड्रागन–११ले ९.३ ओभरमा ८ विकेटको क्षतीमा पुरा गरेको थियो । खेलमा सर्वाधिक रन ३४ बनाउने विजयी टिमका असीम कटुवाल उत्कृष्ट खेलाडी घोषित भएका थिए । उनलाई नगद पुरस्कारसहित मेडल प्रदान गरिएको थियो ।
त्यसैगरी दोस्रो खेलमा पानीकल क्रिकेट टिमलाई १०३ रनले पराजित गर्दै रातेखाल क्रिकेट टिम विजयी भएको हो । १८० रनको लक्ष्य पछ्याएर जवाफमा आएको पानीकल ७६ रनमा सिमित भएको थियो । खेलमा सर्वाधिक रन १०७ बनाउने विजयी टिमका प्रखर कटुवाल उत्कृष्ट खेलाडी घोषित भएका थिए । उनलाई नगद पुरस्कारसहित मेडल प्रदान गरिएको थियो ।

यता तेस्रो खेलमा इटाभिट्टालाई ६ विकेटले पराजित गर्दै मेचीनगर–८ विजयी भएको हो । पराजित टिम इटाभिट्टाले दिएको ९६ रनको लक्ष्यलाई मेचीनगर–८ले ९.१ ओभरमा ४ विकेटको क्षतीमा पुरा गरेको थियो । खेलमा सर्वाधिक रन २६ र ३ विकेट लिएका विजेता टिमका ज्ञानु श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भएका थिए । उनलाई नगद पुरस्कारसहित मेडल प्रदान गरिएको थियो ।
भोलि(बिहीबार)को पहिलो खेल कोहीनुर–११ र क्रिकेट कर्नर र दोस्रो खेल खुदुनाबारी सुपर–११ र दहीझोडा युवा क्लबबीच प्रतिस्पर्धा हुने आयोजकका तुसार मगरले जानकारी दिए ।

























