विराटनगर ।

मोरङको सुनवर्षी–१ बाट पथरी शनिश्चरे–६ का बिवेक तिमल्सिना ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
मोरङको प्रहरी चौकी अमरदहले चेकजाँचको क्रममा तीन ग्राम ३० मिलिग्राम ब्राउन सुगर सहित उनलाई पक्राउ गरेको हो ।
उता उदयपुरको अस्थाइ प्रहरी पोष्ट बगाहाले त्रियुगा नगरपालिका–४ बगाहा खोलास्थित काँस घारीमा झोलामा बेवारिसे अवस्थामा राखेको ३० किलोग्राम गाँजा फेला पारी बरामद गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।































