रामजानकी मन्दिरमा पुनः टंक विकल्प

0
9

बुधबारे ।

बुद्धशान्ति–३ मा रहेको रामजानकी मन्दिरको अध्यक्षमा पुनः टंक काफ्ले विकल्प सर्वसम्मत रुपमा चयन भएका छन् ।

मन्दिरको २८औं वार्षिक साधारणसभाले विकल्पलाई दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा चयन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा भगवती न्यौपाने, सचिव जयप्रसाद भण्डारी, सहसचिव यानु न्यौपाने र कोषाध्यक्षमा दिलकुमार श्रेष्ठ (कृष्ण) चयन भएका छन् ।

त्यस्तै समितिको सदस्यहरुमा चन्द्र उप्रेती, विष्णु मैनाली उप्रेती, जीतबहादुर श्रेष्ठ, सीता न्यौपाने, गङ्गा सुवेदी आचार्य, बलबहादुर श्रेष्ठ, विष्णुमाया अर्याल, हिमादेवी ढुङ्गेल र शारदा भट्टराई चयन भएका छन् ।

त्यस्तै तीन सदस्यी लेखासमितिको संयोजकमा ऋषिकेश ओझा, सदस्यहरुमा कमला कार्की, यामप्रसाद लुइँटेल निर्वाचित भएका छन् । साधारणसभाले पूर्व अध्यक्ष अर्जुनकुमार सुवेदी संयोजक रहने गरी सल्लाहकार समिति समेत चयन गरेको छ । सल्लाहकार समितिको सदस्यमा चन्द्र कोइराला, विनोद दाहाल र सहयोगी सदस्य देविका प्रधान सर्वसम्मत रुपमा चयन गरेको नवनिर्वाचित अध्यक्ष विकल्पले जानकारी दिए ।

मन्दिर समितिका अध्यक्ष काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद खतिवडाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा पूर्व अध्यक्ष तथा जगदगुरु जन्मस्थल संरक्षण तथा पूर्वीय दर्शन अध्ययन केन्द्रका अध्यक्ष लीलानाथ भट्टराई, पूर्व अध्यक्ष कुलप्रसाद न्यौपाने, यामनाथ विमली, अर्जुन सुवेदी, विभिन्न मठमन्दिर र संघ–संस्थाका प्रमुखहरू तथा प्रतिनिधिहरू टीका पाठक, छत्रबहादुर बिष्ट, दीपक सापकोटा लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा उपाध्यक्ष भगवती न्यौपानेले स्वागत गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन सचिव जय भण्डारीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here