सप्तरी ।

सप्तरीको कञ्चनपुर क्षेत्रमा यात्रुवाहक बसमा सवार एक यात्रुको मृत्यु भएको छ ।
भैरहवाबाट विराटनगरतर्फ जाँदै गरेको लु २ ख ३४८५ नम्बरको यात्रुबाहक बसमा सवार तिरहुत गाउँपालिका ४ डिमन घर भएका ५५ वर्षीय महेश मुखियाको बाटोमै मृत्यु भएको हो ।
उहाँ विगत ३–४ दिनदेखि बिरामी रहेको र उहाँका श्रीमती ४५ वर्षीया दुखनी मुखियाले घर लैजाने क्रममा बिहीबार बसमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
उहाँले शुक्रबार बिहान बस चालकले इलाका प्रहरी कार्यालय कञ्चनपुरमा जानकारी गराएपछि प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा कुनै शङ्कास्पद अवस्था नदेखिएको बताउनुभयो ।





























