विराटनगर,

मोरङको लेटाङ०३ बाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। बिहिवार विशेष सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा प्रहरीले २१ वर्षीय सुमन विश्वकर्मा उर्फ ‘भकुरे’ लाई पक्राउ गरेको हो ।
विश्वकर्माको शरीर चेकजाँच गर्दा Tramadol Hydrochloride Capsules (Tramol–50) का ४९ पत्ता, जम्मा ४९० क्याप्सुल तथा Dicyclomine Hydrochloride Tablets (Decolic) का ४९ पत्ता, जम्मा ४९० ट्याब्लेट इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले बरामद गरेको थियो।
निजलाई मोरङ जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय, लेटाङले जानकारी दिएको छ।































