बशिष्ठ भण्डारी समाजले आयोजना गर्दै ‘श्रीमद् भविष्य सप्ताह ज्ञान महायज्ञ’

0
29

झापा । बशिष्ठ भण्डारी समाज केन्द्रीय कार्य समितिले आगामी चैत्र ६ गतेदेखि १३ गतेसम्म ‘श्रीमद् भविष्य सप्ताह ज्ञान महायज्ञ’ आयोजना गर्ने भएको छ।

समाजका अध्यक्ष कृष्णप्रसाद भण्डारीका अनुसार यो महायज्ञ ज्ञान, धर्म र संस्कृतिको प्रचारप्रसार गर्नका लागि विशेष महत्वको कार्यक्रम हुनेछ। माजका सदस्यहरूलाई धार्मिक तथा सांस्कृतिक चेतना विकास गर्नुका साथै विभिन्न शास्त्रीय ज्ञान र पुराणीय शिक्षालाई प्रवर्द्धन गर्दै विश्वभरी छरिएर रहेका भण्डारीहरुको बन्धुत्वको भावना थप जागृत गर्नु रहेको अध्यक्ष भण्डारीले बताए । वार्षिक कार्यक्रमअन्तर्गत चैत्र १२ गते वार्षिक साधारण सभा समेत सञ्चालन हुने भएको छ। यस क्रममा समाजका केन्द्रिय पदाधिकारी, जिल्लाका अध्यक्ष र सल्लाहकार सभाका सदस्यहरू उपस्थित हुने अपेक्षा गरिएको छ।

कार्यक्रम व्यवस्थापनका लागि विभिन्न उपसमिति गठन गरिएको छ। पुराण व्यवस्थापन उपसमितिको संयोजक सल्लाहकार सभाका उपसभापति आचार्य छन्दुराम भण्डारी, सदस्य महासचिव जय भण्डारी र उपाध्यक्ष हरि भण्डारी रहेका छन्। प्रचारप्रसार उपसमितिको संयोजक उपाध्यक्ष राजन भण्डारी, सदस्य सचिव आनन्द भण्डारी, सल्लाहकार सभाका सदस्य चन्द्र भण्डारी , केन्द्रीय सदस्य सुरेन्द्र भण्डारी तथा सबै जिल्लाका अध्यक्ष तथा रहेका छन्।

आर्थिक व्यवस्थापन उपसमितिको संयोजक वरिष्ठ उपाध्यक्ष घनश्याम भण्डारी, भोजन व्यवस्थापन उपसमितिको संयोजक उपाध्यक्ष गंगाराम भण्डारी रहेका छन्। बशिष्ठ भण्डारी समाजको केन्द्रीय कार्यालय माईधारमा सम्पन्न बैठकको सहजीकरण महासचिव जय भण्डारीले गरेका थिए ।

महायज्ञ अवधिभर धर्म, संस्कृति, शिक्षा र सामाजिक चेतना अभिवृद्धि सम्बन्धी विभिन्न कार्यक्रम, प्रवचन, अध्ययनशाला तथा सांस्कृतिक कार्यक्रम पनि सञ्चालन हुने बताइएको छ।

अध्यक्ष भण्डारीले जनसमुदायलाई कार्यक्रममा सहभागी हुन आह्वान गर्दै यसको महत्व धर्म, संस्कृति र ज्ञानको संरक्षण तथा समाजमा सकारात्मक चेतना विकासमा रहेको बताए।

यसैगरी, आश्रम परिसर सौन्दर्यीकरण, २०८३ सालको क्यालेण्डर प्रकाशन, र उत्कृष्ट विद्यार्थी प्रोत्साहन कार्यक्रम समेत सञ्चालन गरिने भएको छ।

बैठकमा समाजले विगत लामो समयदेखि पुराण कार्यक्रममा खाद्य सामग्री र जनशक्ति उपलब्ध गराउँदै आएका धरान नपा का जनसेवक भण्डारीलाई २०८२ को कार्यक्रममा पनि व्यवस्थापन गर्न वचन दिनुभएकोमा धन्यवाद ज्ञापन गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here