बिर्तामोड ।

झापाको बिर्तामोडमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
बिर्तामोड – भद्रपुर सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको हो । बिर्तामोड ८ हर्चना टोलस्थित सडकखण्डमा सैनिकमोडबाट भद्रपुरतर्फ जादै गरेको प्र१–०१–०१४ प ५११९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक भद्रपुर ७ बस्ने बर्ष ३६ का सुदिर निरौला गम्भीर घाइते भएका थिए ।
घाइतेलाई बिर्तासिटी अस्पताल बिर्तामोडमा ल्याईएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।































