कांग्रेसको अबको बाटो

0
13

जेन–जी आन्दोलनपछि मुलुकमा उत्पन्न परिस्थितिको सामना गर्न नेपाली कांग्रेसका युवापुस्ता र कार्यकर्ताले ठूलो जोखिम बोकेका छन् । तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले ठूलो व्यवधानका बीच विशेष महाधिवेशन सम्पन्न गरे । महाधिवेशन प्रतिनिधिको बहुमतका साथ आयोजना गरिएको विशेष महाधिवेशनले गगनकुमार थापालाई सभापतिमा निर्विरोध निर्वाचित गर्दै पार्टीलाई जेन–जी विद्रोहको भावना अनुरुप गतिशील बनाउने प्रयास गरेको छ । मुलुक अहिले निर्वाचनको मुखमा छ । यस्तोमा संगठीत र सुधारिएको कांग्रेसले मात्र उच्च मनोबल र भावनाका साथ आममतदाता समक्ष साक्षात्कार गर्न सक्छ । त्यसैले यथास्थिति र परम्परागत शक्तिको विकल्प नयाँ, ऊर्जाशील र प्रभावशाली नेतृत्व तत्कालको आवश्यकता हो ।

विशेष महाधिवेशनका आयोजकहरुले संस्थापन पक्षलाई अधिवेशनमा सहभागी गराउन अपील मात्र गरेनन्, सम्मानपूर्वक आसनको समेत व्यवस्था गरे, तर संस्थापन पक्ष कार्वाहीमै उत्रियो । यसले अधिवेशनलाई निरन्तरता दिँदै निर्वाचनको माध्यमद्वारा नयाँ कार्यसमिति निर्माण गर्ने बाटो प्रशस्त ग¥यो । अन्ततः निर्वाचन प्रक्रियाद्वारा गगन थापाको नेतृत्वमा पार्टीको पुनर्गठन भयो । संस्थापन पक्षले अधिवेशन पक्षधरको एजेन्डालाई आत्मसात गर्दै अघि बढेको भए पार्टीको त भलो हुन्थ्यो नै त्यो भन्दा धेरै देशमा स्थिरता र निर्वाचनमा बहुमत प्राप्त गर्ने आधार बलियो हुन्थ्यो । अघिल्लो निर्वाचनमा पहिलो भएर पनि सरकारको नेतृत्व गर्न नसकेको कांग्रेसले विरासतको रक्षा गर्न पनि जोखिम लिनैपर्ने थियो ।

बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरुको सहभागितामा विशेष महाधिवेशनको आयोजना भएपछि पार्टी सभापति शेरबहादुर देउवाले अग्रसरता लिनै पथ्र्यो । प्रतिनिधिहरु लगायत आम कार्यकता र शुभेच्छुकहरुको भावना र समयको मागलाई आत्मसात गर्दै सहजीकरण गर्नुको साटो आयोजनक पक्ष माथि नै कार्वाहीको प्रयास गरेर संस्थापनले प्रजातान्त्रिक अभ्यासको उपेक्षा गर्नु भुल सावित भयो । वैधानिक र अवैधानिकको कानूनी जटिलता तर्फको यात्राले नवनिर्वाचित समितिलाई अझ बलियो बनायो । त्यसो त यसअघि पनि कांग्रेसभित्रकै विवादले पार्टी टुक्रिएको थियो । विभाजन भएपछिको परिणाम समेत अनुभव गरिसकेको नेतृत्व र नेताहरुले संयमित हुनै पथ्र्याे र धैर्य पनि गर्नुपथ्र्यो ।

करिब आठ दशकको राजनीतिक इतिहास बोकेको नेपाली कांग्रेस आजका दिनसम्म जसोतसो सबैभन्दा ठूलो पार्टी बनेको छ । त्यसैले यो घडीमा संस्थापक तथा अग्रज नेताहरुको साख, अस्तित्व र पार्टीको आदर्शको रक्षार्थ पूर्व सभापति लगायतका संस्थापन पक्षले कार्यकर्ताको भावनाको सम्मान गर्नुपर्छ । नवनिर्वाचित समितिप्रति अपनत्व ग्रहण गर्दै बहुसंख्यक नेता, कार्यकर्ता, प्रतिनिधिहरुको भावनाको सम्मान गर्न र विद्यमान चुनौतीको सामना गर्न सक्ने उदात्त भाव देखाउनुपर्छ । यसले मात्र नेपाली कांग्रेसलाई संगठित र जीवन्त बनाउन बल पुग्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here