झापामा छात्रवृत्ति कार्यक्रम सम्पन्न सबैमा उत्साह र उत्सुकता

0
14

बिर्तामोड ।

झापाली समाज अमेरिकाको आयोजना तथा झापा विकास मञ्चको संयोजनमा दमक र बिर्तामोडका विभिन्न विद्यालयका करिब ८० जना विद्यार्थीलाई छात्रबृत्ति वितरण गरिएको छ ।

विद्यालयका जेहन्दार तथा अध्ययनलाई निरन्तरता दिन कठिनाई झेलिरहेका विद्यार्थीलाई वितरण गरिएको थियो । नेपालस्थित झापा विकास मञ्चका साथै दमक स्थित सन राईज मोडल बिध्यालय, बिर्तामोड स्थित श्रीजय ड्रिमल्याण्ड पार्क, नेपाल शिक्षक संघ, बिभिन्न विध्यालयका प्रधानाध्यापक तथा शिक्षक लगायतको सहभागिता रहेको थियो । छात्रबृत्तिको एकमुष्ट रूपमा रकम प्रदान गर्ने प्रायोजकहरूमा अन्तर्राष्ट्रिय झापाली समाज, विभिन्न देशका राष्ट्रिय संघहरू, च्याप्टरहरू र विश्वमा छरिएका रहेका संम्पूर्ण झापालीहरू मध्ये र नेपालमै रहेका मनकारी झापालीः नेपालीहरू रहेको बताइएको छ ।

अन्तर्राष्ट्रीय झापाली समाजका अध्यक्ष महेन्द्र चम्लागाईले १० जना र स्थानीय प्रायोजक तीन जना गरी कूल १३ जना नयाँ विद्यार्थीहरु थप भएका छन् । छात्रबृत्ति प्राप्त गर्ने कूल विद्यार्थीहरूको संख्या भने ८० रहेको छ । अन्तर्राष्ट्रीय झापाली समाजका अध्यक्ष चम्लागाईका तर्फबाट उनका माता–पिता लोकनाथ चम्लागाई तथा माता डिकुरादेवी चम्लागाईले छात्रबृत्ति प्रदान गरेका थिए ।

त्यसैगरी, अर्का एक मुष्ट रकम प्रायोजन गर्ने झापाली समाज युएसएका निबर्तमान अध्यक्ष यमुना भट्टराईका तर्फबाट उनका दाजु शुकदेव बराल र झापाली समाज युएसका कोषाध्यक्ष प्रसन्न सॅग्रौलाका तर्फबाट उनकी दिदी शर्मीला डांगी जोशीले विद्यार्थीहरूलाई छात्रबृत्तिको रकम हस्तान्तरण गरेकी थिइन् ।

अन्तर्राष्ट्रीय झापाली समाजका वर्तमान सल्लाहकार तथा निवर्तमान अध्यक्ष मुकुन्द ढुंङ्गानाले वितरण गरेका थिए । माघ ३ गते दमकको सनराईज मोडेल विद्यालयमा सम्पन्न पहिलो चरणको र माघ ४ गते बिर्तामोडको ड्रीमल्याण्ड पार्कमा सम्पन्न दोस्रो चरणको छात्रबृत्ति कार्यक्रमको प्रमुख अतिथि अन्तर्राष्ट्रिय झापाली समाजका सल्लाहकार एवम् अन्तर्राष्ट्रिय झापाली समाज तथा झापाली समाज युएसएका निवर्तमान अध्यक्ष मुकुन्द ढुङ्गाना रहेका थिए भने कार्यक्रमको अध्यक्षता झापा विकास मञ्चका उपाध्यक्ष रामनाथ मैनालीले गरेका थिए ।

त्यसैगरी झापाली समाज युएसएका महासचिब अन्तर्राष्ट्रिय झापाली समाजका महिला उपाध्यक्ष सीता पाण्डे लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा नेपाल शिक्षक संघ, झापाका नेत्र खरेल, मोती माबि कचना कवलका प्रधानाध्यापक छबिलाल बस्नेत तथा नरेन्द्र जनता माबि, कमल गाउँपालिकाका बद्रि कार्की, सनराईज मोडल विद्यालय, दमकका प्राध्यापक जनार्दन मैनालीको सहयोग तथा संयोजन कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल रेडक्रश, दमक झापा अध्यक्ष प्रकाश बुढाथोकी, समाजसेवी जय नारायण ढुंगाना तथा अन्जना ढुगाना लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन झापा विकास मञ्चका महा–सचिव धर्मराज मैनालीले गरेका थिए । छात्रबृत्तिका लागि छनौट भए देखि विद्यालयतह (१२) सम्मको अध्ययनका लागि एक मुष्ट छात्रबृत्तिको रकम उपलब्ध गराउनेहरुमा यमुना भट्टराई, (अमेरिका), डा.शम्भु ढुङ्गाना, (अमेरिका), डा.दिनेश मैनाली, (अमेरिका), मुकुन्द ढुङ्गाना, (अमेरिका), मोहन उप्रेती, (अमेरिका), प्रसन्न संग्रैला, (अमेरिका) नबिन पोख्रेल, (अमेरिका) निलम बिमली, (अमेरिका), विकास उप्रेती, (अमेरिका), किर्ती खाती, (अमेरिका), डा. आलोक उप्रेती, (अमेरिका), केदार न्यौपाने, (स्विटजरल्याण्ड), दिनेश पोख्रेल, (अष्ट्रेलिया), दिपक ओली, (इजरायल), महेन्द्र चौंलागाईं, (कतार), स्व. मेघराज नेपाल, (जापान), डा. आनन्द श्रेष्ठ, (नेपाल), हरि उप्रेती, (नेपाल), गरिमा बिकास बैंक, झापाली समाज साउदी अरब, झापाली समाज टेक्सास च्याप्टर, युएसए, झापाली समाज युयसए लगायतले सहयोग गरेको अन्तर्राष्ट्रीय झापाली समाजकी महिला उपाध्यक्ष एवम् झापाली समाज युएसएका महासचिव सीता पाण्डेले जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here