झापा, झापाको बिर्तामोड नगरपालिका–५ जात्रुबारीस्थित भित्री सडक खण्डमा आज पिकअपले ठक्कर दिँदा ८१ वर्षीया महिला मृत्यु भएको छ ।
झापा बिर्तामोड–५ का ३१ वर्षीय हरि प्रसाद काफ्ले चलाएको मे १ ज १८०४ नम्बरको सामान बोक्ने पिकअप गाडीले किराना पसलमा सामान लोड गर्दै ब्याक गर्ने क्रममा पैदलयात्री माया लिम्बुलाई ठक्कर दिएको थियो।
घाइते भएकी लिम्बुलाई तत्काल बि एण्ड सि अस्पताल बिर्तामोड पु¥याइ उपचार सुरु गरिएको थियो, तर बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न पिकअप चालक काफ्ले र गाडीलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ।





























