हिमालय इङ्लिस स्कुलमा नि:शुल्क स्वास्थ्य शिविर, एक हजारभन्दा बढीले लिए सेवा

0
18

योगेन्द्र योगी
सुन्दरहरैंचा(मोरङ),

मोरङको सुन्दरहरैंचा–१० मा अवस्थित हिमालय इङ्लिस स्कुलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ। हिमालय इङ्लिस स्कुलको आयोजना तथा नोबेल मेडिकल कलेजको सहकार्यमा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।

हिमालय इङ्लिस स्कुलले विद्यार्थी, अभिभावक तथा स्थानीय वडाबासी लक्षित गरी नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। निःशुल्क स्वास्थ्य शिविरबाट १ हजुर जनाले सेवा लिएको हिमालय इङ्लिस स्कुलका प्रिन्सिपल कमल खनालले जानकारी दिए।

प्रिन्सिपल खनालले निःशुल्क स्वास्थ्य शिविरबाट अपेक्षा गरिएभन्दा धेरै व्यक्तिले सेवा लिएको बताए। शिविरमा गाइनो, हाडजोर्नी, ल्याब परीक्षण, डिजिटल एक्स–रे, नाक–कान–घाँटी, बालरोग, ECG, छालारोग (जेनेरल), आँखा जाँच तथा दाँतसम्बन्धी सेवा प्रदान गरिएको थियो।

स्थानीय समुदायको लागि स्वास्थ्य सचेतना र स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्न शिविरले महत्त्वपूर्ण भूमिका खेलेको उनले बताए । उनले यस प्रकारका कार्यक्रमहरूले उच्च शिक्षालयमा सकारात्मक प्रभाव पार्ने विश्वास पनि व्यक्त गरे । स्वास्थ्य शिविरमा सहभागी हरूमध्ये धेरैले स्वास्थ्यसम्बन्धी परामर्श पनि पाएका थिए।

जसले उनीहरूलाई आफ्नो स्वास्थ्यको ध्यान राख्न प्रोत्साहित गरेको छ । शिविरमा विभिन्न रोगका डाक्टर सहित २० चिकित्सकले सेवा दिएको नोबेल मेडिकल कलेजका जन सम्पर्क अधिकृत नविन दाहालले बताए।

हिमालय इङ्लिस स्कुलले विद्यालयले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै समुदायप्रति आफ्नो दायित्व पूरा गर्दै आएको जनाएको छ। आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने र समुदायको सेवा गर्ने प्रतिबद्धता जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here