कमल ।

समावेशी समाजवादी पार्टीका तर्फ वाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनकनलागि उमेद्वा र सार्वजनिक गरिएको छ ।
पार्टीका तर्फ वाट प्रतिनिधि सभा निर्वाचनकालागि मोरङ क्षेत्र नम्बर १ बाट तेस्रो लिङ्गी महिला नुमा लिम्बु (चन्चला)को उमेद्वारी रहेको आज पत्रकार मञ्च दमकको सभाहलमा पत्रकार सम्मेलन गरी सार्वजनिक गराईको हो ।
नेपालमा अझै पनि पुरुष केन्द्रित, शहर केन्द्रित हुदै पैसाको भरमा राजनिति हुँदै आएको छ जसरका कारण दलहरुले तेस्रो लिङ्गी लगायत महिला , आदिवासी,अल्पसंख्यकलाई स्थान नदिएकोले आफुहरुले छुट्ट पार्टी दर्ता गरेर उमेद्वारी दिएको लिम्बुले बताउनु भयो ।
आफ्नो पार्टीको चुनाव चिन्न श्रीवत्स (अनन्त गाँठो ) मा मतदानगरी विजयी गराइ दिनसमेत लिम्बुले अनुरोध गर्नु भयो । देशमा संघीयता लागु भएपनि अहिले सम्म लैगिक तथा अल्पसंख्यक हरुका मुद्धा का विषयमा दलहरुलाई पटक पटक भन्दा पनि कार्यन्वयन नभएपछी आफ्नै उमेद्वा लाई अगाडी सारका छौृ । सिमान्त समुदायका महिला र बहिष्कृत समुहको हकअधिकारकालगी समेत आफ्नो पाटीको तर्फ बाट उमेद्वार उठाएको संविधान सभाका सदस्य समेत रहनु भएका सुनिल बाबु पन्तले बताउनु भयो ।
समावेशी समाजवादी पार्टीले देशभर बाट प्रत्यक्ष तर्फ ६ जनाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनकनलागि उमेद्वा दर्ता गराउनु भएको छ । जसमा सन्चला सहित ओखल ढुङ्गा (१) बाट पिंकी राई, काठमाडौ (१) बाट सुरेन्द्र पाण्डे ,(१०) बाट पुर्ण चन्द्र पौडेल , काभे्र (१) बाट विनोद लामा र रुपन्देही (२) बाट देबेन्द्र बहाद्ुर खत्री (मधु) ले उमेद्वा दर्ता गराउनु भएको छ भने समानुपातिक तर्फ १५ जनाको नामावली दर्ता गराउनु पत्रकार सम्मेलनमा जानकारी गराउनु भएको थियो ।


























