लाइन्स क्लबद्धारा बलभद्र आविमा शैक्षिक सामाग्री वितरण

0
35

मेचीनगर ।

लाइन्स क्लब अफ मेचीनगरले बलभद्र आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।

बुधवार एक समारोहकाबिच यहाँ अध्यानरत दुई सय जना विद्यार्थीहरुलाई पुग्ने कपि र डटपेन वितरण गरिएको हो ।

क्लबका अध्यक्ष दिपक कार्कीको सभापतित्व तथा रिजन चिफ पार्वता गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा डिष्ट्रिक चिफ सन्तोष आचार्य, क्लबका डाइरेक्टर नवराज प्रधान, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर थापा मगर, पूर्व अध्यक्ष मेगेन्द्र थापा, शिक्षक अभिभावक संघका अध्यक्ष सेरबहादुर समाल, बरिष्ठ शिक्षक हरि चापागाईलगायतले विद्यार्थीहरुलाई सामग्री वितरण गरेका थिए ।

कार्यक्रमको सन्चालन प्रधानाध्यापक निरज पोखरेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here