जिल्लास्तरीय तेक्वान्दो च्याम्पियनसीपमा झापा मेरीगोल्ड प्रथम

0
141
अर्जुनधारा, विद्यालय तहमा तेक्वान्दो खेलको प्रबद्र्धन एवम् खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजित प्रथम रुपरत्न खुला पुरुष तथा महिला अन्तर विद्यालय जिल्लास्तरिय तेक्वान्दो च्याम्पियनसीप–२०८२को उपाधि झापा मेरीगोल्डले जितेको छ ।
झापाको अर्जुनधारा नगरपालिका–७स्थित रुपरत्न मेमोरियल बोर्डिङ स्कूलको आयोजनामा शनिबार सम्पन्न भएको उक्त च्याम्पियनसीपमा ५ स्वर्ण, ४ रजत र ५ कास्य गरि जम्मा १४ वटा पदकसहित झापा मेरीगोल्डले उपाधि जितेको हो ।
त्यसैगरी ४ स्वर्ण, २ रजत र २ कास्य गरि जम्मा ८ वटा पदकसहित डेल्टा(बोस्टन) फस्ट रनरअप र ४ स्वर्ण, १ रजत र १ कास्य गरि जम्मा ६ वटा पदकसहित आयोजक रुपरत्न सेकेण्ड रनरअप भएका छन् ।
त्यस्तै प्रतियोगिताको उत्कृष्ट पुरुष र महिला खेलाडी आयोजक रुपरत्नका क्रमश रञ्जन बस्नेत र स्वर्णीम भट्टराई भएका छन् । प्रतियोगिताका प्रथम, फस्ट रनरअप, सेकेण्ड रनरअप, र उत्कृष्ट खेलाडीहरुलाई विद्यालयका संस्थापक प्रभुकुमार श्रेष्ठ, संयोजक नम्रता गिरी, राष्ट्रिय खेलकुद परिषद्का तेक्वान्दो प्रशिक्षक हरि भूजेललगायतले ट्रफी, प्रमाण पत्र र नगद पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगिताअन्र्तगत पुरुषतर्फ ३२ केजी, ३६ केजी, ४० केजी, ४४ केजी, ४८ केजी, ५२ केजी र ५६ केजी तथा महिलातर्फ ३२ केजी, ३६ केजी, ४० केजी, ४४ केजी, ४८ केजी र ५२ केजी तौल समूहमा खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । त्यसैगरी पुम्सेतर्फ ८ वटा विधामा खेल भएको थियो । प्रतियोगितामा २० वटा विद्यालयका दुई सय जना बढी विद्यार्थीको सहभागिता रहेको कार्यक्रम संयोजक सविक श्रेष्ठले जानकारी दिए ।
विद्यालयका संस्थापक श्रेष्ठको अध्यक्षतामा आयोजित उक्त प्रतियोगिताको उद्घाटन निजी तथा आवासीय विद्यालय संगठन(प्याब्सन) झापाका अध्यक्ष छत्रबहादुर कार्कीले उद्घाटन गरेका थिए । शिक्षक जीवन लिम्बूले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन अर्का शिक्षक रुद्र लामिछानेले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here