सुरुङ्गा। 
कनकाई उद्योग वाणिज्य सङ्घ सुरुङ्गाको ११ अौं साधारणसभा र चौथो अधिवेशनले जनक कार्कीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
विगत २० वर्षदेखि निरन्तर संस्थामा जोडिएका कार्की व्यापारी तथा व्यवसायीमाझ लोकप्रिय र सहयोगी व्यक्तित्वको रूमा परिचित छन् ।
सर्वसम्मत चयन भएको समितिको वरिष्ठ उपाध्यक्षमा सरोज सिटौला, वाणिज्य उपाध्यक्षमा डिल्लीराम पौडेल, उद्योग उपाध्यक्षमा टीकाराम बराल, महासचिवमा सोमनाथ उप्रेती, वाणिज्य सचिवमा शान्ता अधिकारी, उद्योग सचिवमा सागर ओली र कोषाध्यक्षमा राजकुमार शाह चुनिएका छन् ।
महिला सदस्यमा चित्राकुमारी श्रेष्ठ, निर्मला चाम्लिङ राई र लक्ष्मी बस्नेत रहेका छन् भने खुला सदस्यहररूमा रमेश भट्टराई, दीपेन्द्र थपलिया, शङ्कर मैनाली, दुर्गाप्रसाद पाठक (राजु), मानबहादुर दाहाल(कुमार) र तिलकबहादुर श्रेष्ठ रहेका छन् ।
सर्वसम्मत नेतृत्व चयनका लागि सङ्घका पूर्व अध्यक्ष कुमारमणि पोखरेल संयोजक, एलपी उप्रेती र डम्बरप्रसाद फुयाँल सदस्य रहेको निर्वाचन समितिले भूमिका खेलेको थियोे ।































